eNepal

आइपीएलको अर्को सिजनमा १ करोडमा अनुबन्धित हुने भए सन्दिप

जारी इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली ले स्पिनर सन्दिप लामिछानेको टीम दिल्ली डेयर डेभिल्स बाहिरिएको छ । १४ खेलमध्ये ९ मा हार र ५ मा जित निकाल्दै १० अंकसहित तालिकाको पुछारमा छ । तर, सोही टोलीबाट १२ औँ खेलमा आइपीएलमा डेब्यू गरेका सन्दिपले भने चारैतिर हाईहाई कमाएका छन् ।

३ खेलबाट ५ विकेट लिएका सन्दिपले दिल्लीलाई समेत यसअघिका खेल नखेलाएको थकथकी लाग्ने बनाए । पहिलो र दोस्रो खेलमा समान १ विकेट लिएका सन्दिपले तेस्रो खेलमा आफूलाई थप निखारे र मुम्बई इन्डियन्सको ३ विकेट झारे । उनको उत्कृष्ट प्रदर्शनबाट दिल्लीले खेल जित्यो । र, सन्दिपको नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै चर्चा चुलियो । यसले उनको भविष्य सुन्दर देखाएको छ । तर, यससँगै उनीमा अब थप चुनौती भने पक्कै थपिएको छ ।

यसपटक सन्दिपले गरेको प्रदर्शनले आगामी आइपीएलमा पनि उनी अक्सनमा पर्ने पक्का भएको छ । र, उनलाई आफ्नो टोलीमा राख्न पनि धेरैले चासो देखाउने छन् । यस्तोमा सन्दिपको मूल्य कति होला त रु भन्ने चासो पनि पक्कै छ ।

यो सिजन २० लाखमा बिकेका सन्दिपको अर्को सिजन स्वतः डिमानड हाई हुनेछ र त्यससँगै पैसा पनि । जानकारहरुका अनुसार सन्दिपका लागि रु ५० लाखभन्दा माथि रु १ करोडसम्म बोली लाग्न सक्छ । यो सारा नेपाली र नेपाली क्रिकेट टोलीका लागि खुसीको कुरा हो ।

अर्कोतर्फ सन्दिपले नेपालमा आफूजस्तै राम्रो क्रिकेट खेल्ने थुप्रै क्रिकेटर रहेको समेत बताउँदै आएका छन् । उनको यस कदमले अन्य नेपाली क्रिकेटरले पनि आइपीएलमा भाग लिने सम्भावना उत्तिकै बढेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal