eNepal

१ सय ६ जना नेपालीको अस्ट्रेलियामा डिभोर्स

झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे।

वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबीच पैसाकै मामिलामा खटपट र्पयो । पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबीच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन् । युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन् ।

माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो । नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक (विद्यार्थी) लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढदै गएको छ ।

कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन् । यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन् । अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ ।

करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन्। जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए। ‘यो वास्तवमा समस्याका रूपमा बढिरहेको छ,’ उनले भने, ‘कानुनी रूपमा सक्कली विवाह भए पनि यी विवाहको नियत नक्कली हुने र यसैले समस्या सिर्जना गरिरहेको मेरो ठम्याइ छ ।’

साभार: आर्थिक न्युज

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal