eNepal

यस्तो पो रेल त, पुरै पाँच तारे होटेलको सुबिधा पाईने

जापानमा सुपर डिलक्स क्रुज ट्रेनको सेवा प्रारम्भ भएको छ । हजारौ डलर तिरेर रेलको सेवा लिनका लागि मानिसहरु पहिले देखि नै बुक गराइरहेका छन् । यो रेलले आर्ट डेको अर्थात आधुनिक कलाको सुरुवात समयको सम्झना गराउने छ । ट्वीलाइड एक्सप्रेस मिजुकाजीले यो सेवाको सुरुवात गरेको हो ।

 ओसाका रेलवे स्टेशनबाट आफ्नो उद्घाटन यात्रा सुरु गरेको छ । यसले जापानका सुदूर इलाकासम्मको यात्रा तय गर्नेछ । रेलमा यात्रा गर्नका लागि २४ लाख येन अर्थात करिब २२ लाख रुपैयाँ भाडा लाग्ने छ । 

यसमा २ रात र ३ दिनको टुर प्याकेज उपलब्ध हुनेछ । धानको खेत चट्टानी पहाड र पुराना धार्मिक स्थल हुँदै रेल अगाडि बढ्ने भएकोले यसको यात्रा निकै नै रोचक हुन्छ । मिजुकाजीको अर्थ ताजा हावा हुन्छ । रेलको सुइटमा ‘फाइभ स्टार’ होटलको सुविधा उपलब्ध छ । यसको बाथरुममा मार्बल राखिएको छ र बाथ टबको सुविधा छ । शानदार लाउन्ज छ, जहाँ बसेर मानिसहरु ककटेल इन्जोय गर्न सक्छन् । रेलमा १० डिब्बा छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal