eNepal

अष्ट्रेलियामा ‘मासु खाने’ अल्सरको महामारी

अष्ट्रेलियाका डाक्टरहरुले भिक्टोरिया राज्यमा ‘मासु खाने’ अल्सर किन गम्भीर रुपमा महामारी बनिरहेको छ तत्काल अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

विज्ञहरुले आमरुपमा अफ्रिकामा पाइने एक छाला रोग वुरुली अल्सर अष्टेलियामा पछिल्लो चार वर्षमा ४००% ले बढेको बताएका छन् ।

संक्रमण पहिलेभन्दा कढा खालको भएको र नयाँ क्षेत्रमा फैलिरहेको बताइएको छ ।

यस रोगको नियन्त्रणको उपाय डाक्टरहरुले अहिले सम्म पत्ता लगाउन सकेका छैनन् । यो रोग ब्याक्टेरियाले लाग्ने र उक्त ब्याक्टेरियाले तन्तुहरुलाई टुक्र्याउने देखिएको छ ।

अघिल्लो वर्ष किर्तिमानी रुपमा २७५ नया संक्रमणको घटना दर्ता गरिएको थियो । यो आफैमा सन् २०१६ को भन्दा ५१% ले बृद्धी हो ।

सरुवा रोग विशेषज्ञ डा. ड्यानियल ओब्राइनले बुरुली अल्सर अथवा माइकोब्याक्टेरियम अल्सेरन्स रोग पछिल्लो समय अष्टे«लियामा निकै आम भएको र यो पहिलेभन्दा बढी कढा भएर आएको बताए ।

उष्ण क्षेत्रमा पाइने यो रोग किन भिक्टोरिया जस्तो समशितोष्ण क्षेत्रमा पाइयो भनेर अझै स्पष्ट भइसकेको छैन ।

के हो बुरुली अल्सर ?

यो एक छालाको रोग हो । यो रोग माइकोब्याक्टेरियम अल्सरन्सको कारण हुन्छ । यो ब्याक्टेरियाले निकाल्ने विशाष्णुले छालाको कोष, मसिनो रक्त नसा र छाला तल जमेर बस्ने बोसोलाई नष्ट गरेर छालालाई मार्दछ ।

समयसँगै यो अल्सर बढ्छ र अन्त्यमा स्थाई कुरुपता वा अपाङ्गता निम्त्याउँछ ।

मुख्यतया हात गोडालाई असर गर्ने भए पनि यसले शरीर र अनुहारमा पनि असर गरेको पाइएको छ ।

यो रोग कसरी मानिसमा सर्दछ भनेर डाक्टरले पत्ता लगाउन सकेका छैनन् तर वातावरणीय र माटोले यो रोग उत्पन्न गर्ने विश्वास गरिन्छ ।

यसको ब्याक्टेरियालाई लामखुट्टेले सार्दछ भन्ने सिद्धान्त पनि रहेको छ ।

अनुमान गरेर बस्ने समय छैन

मेडिकल जर्नल अफ अष्ट्रेलियामा लेख्दै डाक्टहरुले यो रोग र यसको कारणको अध्ययनको लागि सरकारी कोषको माग गरेका छन् ।

“के भइरहेको हो र महामारीलाई के ले असर गरिरहेको भनेर कसैले बुझेका छैनन्,” सहलेखक डा.ओब्रियनले भने ।

“हामी यसबारेमा केही संकेत गर्न सक्छौं तर कुनै ठोस सुझाव दिन सक्दैनौ । यो एक रहस्य हो ।”

केही सिद्धान्तमा वर्षा, माटोका प्रकार र वन्यजन्तुजस्ता तत्व संलग्न भएको बताइएको उनले भने । अघिल्लो वर्ष स्वास्थ निकायहरुले केही स्थानीय जीवको दिशामा यसको ब्याक्टेरिया भेटेका थिए ।

“समस्या भनेको यसबारेमा हामीसँग अनुमान गरेर बस्ने समय छैन । यो महामारी डरलाग्दो अवस्थामा पुगेको छ,” उनले भने ।

यो अल्सरको उपचार गर्न कठिन रहेको छ । विरामीले यस रोगबाट तङ्ग्रीनका लागि ६ देखि १२ महिनासम्म समय लागेको देखिएको छ । धेरै मानिसहरुले पुनस्र्थापना गर्ने खालको शल्यक्रिया गर्नुपरेको ओब्रायनले बताए ।

भिक्टोरिया राज्यको स्वास्थ निकायहरुले यो रोगको अनुसन्धानको लागि आफूहरुले दश लाख अष्ट्रेलियन डलर खर्च गरिसकेको बताएका छन् । यसका अतिरिक्त उनीहरु यो रोगको चेतना बढाउनको लागि शिक्षामुलक कार्यक्रम पनि सञ्चालन गरेका छन् ।

एक वर्ष अघिसम्म यो संक्रमण क्वीन्सल्याण्ड जस्तो उष्ण क्षेत्रबाट मात्र पाइएको थियो । अन्य राज्यमा यो रोगको थोरै मात्र नमुना पाइएको थियो ।

यो रोग खासमा ग्रामिण पश्चिम अफ्रिका, केन्द्रिय अफ्रिका, न्यू गिनी, दक्षिण अमेरिका र एशियाका उष्ण क्षेत्रमा पाइन्थ्यो ।

विकासशील राष्ट्र यो रोग हिलो जमिन र जमेको पानी वरापरि देखिएको भए पनि अष्ट्रेलियामा भने यो रोग विशेष समुन्द्री तट क्षेत्रमा भेटिएको छ ।

source: rato pati

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal