eNepal

प्लेनको झ्याल फोडेर बाहिर निस्किएपछि भाग्यले बाचे

हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं।

खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं। जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो।

यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।

म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।

विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ । रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए ।

बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँग जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal