eNepal

मेल्बोर्नमा उत्प्रेरणात्मक कार्यक्रम हुने, खिलराज रेग्मी, प्रेम बानीयाँ लगाएतले सहभागी जनाउँदै

सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरणका लागि मेलबर्न मा एक भव्य उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । जहाँ नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्यायधिश खिलराज रेग्मि , विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ ।

सहास नेपाल मेलबर्नको मुख्य आयोजनामा ११फेब्रुअरि २०१८ आईतबार ३ बजे देखि ६ बजे सम्म आयोजना हुने आयोजक संस्थाले जनाएको छ। सँस्थाले यो भन्दा पहिले पनी धुर्मुस सुन्तली फाउन्डेशनको लागी मेल्बोर्नमा काम गरीसकेको छ। कार्यक्रममा महावाणिज्य दुतावास ,नेप्लीज एसोसियन भिक्टोरीया ,गैर आवसीय नेपाली संघ भिक्टोरीया र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ । नेपाली समुदायले नेपाल सहयोगका लागि के-के गर्न सक्छन् !न्यायाधिश देखि प्रधानमन्त्री सम्मको यात्रामा नेपालका के के रहस्यहरू भेटिए ?एक स्वाभिमानि पत्रकार किन विदेश लाग्नु पर्‍यो ? नेपाललाई नयां युगको सम्पन्न राष्ट्र बनाउन अब विदेशका नेपालीले के गर्न सक्छन् ? एक सुखी, तनाव रहित र सकारात्मक नागरिक बनेर देशलाई कसरी सघाउंन सकिन्छ ? लगायतका बिषयमा प्रेरक अभिव्यक्ति र वहस हुने जनाईएको छ । यो कार्यक्रम राष्ट्रियता र स्वाभिमान जगाउनको निम्ती एक कोशेढुङगा बन्ने विश्वास लिएको छ ।

राजनीतिक दल ,गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाकै एक ऐतिहासिक कार्यक्रम हुनेछ।

निशुल्क प्रवेशको व्यबस्था गरिएको उक्त कार्यक्रम तिन घण्टाको रहनेछ। सिट सिमीत रहेकोले अग्रीम बुकीङको लागी 0449839385 नम्बरमा सम्पर्क गर्न सक्नु हुने प्रवासी नेपाली मञ्च भिक्टोरियाका पूर्वअध्यक्ष कृष्ण न्यौपानेले बताउनु भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal