eNepal

पर्ल, पुजा अभिनित चलचित्र ‘म यस्तो गित गाऊछु’ मेलबोर्नमा प्रदर्सन हुँदै

हिजोआज नेपाली चलचित्रले देश देखि विदेससम्म राम्रो बजार पाईरहेको छ | करोड क्लब अहिले हरेक चलचित्रको लागि सामान्य बन्दै छ | यो बर्ष प्रदर्शन गरिएका प्राय सबै चलचित्र दर्शकहरुको अपार माया पाउन सफल भयो | ति मध्ये बर्षको सुरुवातकै सर्वाधिक सफल चलचित्र हो ”म यस्तो गित गाउछु” | निर्माता, निर्देशक र नायक समेत रहेका सुदर्शन थापाद्वारा निर्मित यस चलचित्र रिलिज भयको लामो समयअवधि पश्च्यातपनि देश बिदेसमा बसोवासित दर्शकमाँझ आफ्नो स्थान जमाईरहेको छ |

पर्ल, पुजा अभिनित यस चलचित्र अस्ट्रेलियाको मेलबोर्नमापनि आगामी फेब्रुअरी चार तारिखका दिन आउने भएको छ | यस एवेंट्सको आयोजक येति फुटबल क्लब हो भने , एवेंट्समा ग्रेस इन्टरनेसनल एजुकेसन माईग्रेसनले मुख्य स्पोन्सरका रुपमा आफ्नो सक्रिय सहभागिता जनाएको छ | ‘द काठमांडू कटेज’, र ‘ओजि फैनंस’ ले समेत यस एवेंट्समा आफ्नो संग्लगनता जनाएको छ |

‘येति फूटबल क्लब’ ले हरेक बर्ष कुनै न कुनै माध्यमबाट आफ्नो क्लबको आर्थिक अवस्था मजबुत बनाइरहेको हुन्छ | यो भन्दा अगाडीपनि क्लबलाई आर्थिकरुपमा बलियो बनाउने हेतुले ‘नेपथ्य’ कन्सर्ट आयोजना गरेको यस क्लबले , यस पटक भने फरक ढंगले आफ्नो क्लबको आर्थिक पक्ष सबल बनाउने उद्देस्यका साथ दर्शकले औधि रुचाइएको चलचित्र ”म एस्तो गित गाउछु ” प्रदर्शन मिति जारी गरेको हो | यस चलचित्र प्रदर्सनको मुख्य उद्देस्य ‘क्लब फन्डरेइजिङ्’ रहेको छ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal