eNepal

शुक्रबार सांझ गजल नाईट हुदै |

नेपाली गित संगीतमा कुनै बेला एक छत्र राज गर्न सफल हाम्रा आदरणीय व्यक्तित्वो हुनुहुन्छ गायक राज सिग्देल | उंहाका कयौ सुगम संगीतहरुले नेपाली गित संगीतलाई धेरैनै माथि उकासेको छ | उह जितेर गई या हारेर गई, यो माया हराएको शहर , लगाएतका थुप्रै गीतहरुले दर्शकस्रोताहरुको मन जित्न सफल भएको छ |

हुनत कलाकारहरुको व्यस्तता मिडियामा पनि भर पर्छ भन्छन | तरपनि खासै मिडियाप्रेमी नदेखिने राज सिग्देलको व्यस्तता भने झनै आकासिएको छ | देश देखि विदेशसम्मका दर्शकस्रोताहरुको रोजाईमा पर्न सफल यी गायक , देशभित्र मात्र नभई देश बाहिर रहेका दर्शकहरुमाझ समेत हिजोआज रमाईरहेका छन् |

यसै शिलसिलामा , अस्ट्रेलियाको विभिन्न शहरहरुमा आफ्नो गजल नाईट लिएर उपस्थित हुने क्रममा , मेलबोर्नमापनि उक्त कार्यक्रमको साथमा उनि उपस्थित हुने भएका छन् | आगामी सुक्रवार १९ तारिखका दिन थर्नबरि थिएटरमा हुन गईरहेको यस कार्यक्रम येबिसीडि अस्ट्रेलिया र एक्सपर्ट एजुकेसन यन्ड भिजा सर्भिसेसको सयुक्त प्रयासमा हुन लागेको हो | अन्य थुप्रै स्पोन्सरहरुले एस कार्यक्रमलाई आफ्नो साथ र समर्थन जनाउनु भएको छ | कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने बताईएको छ भने , कार्यक्रम शुल्क डलर ३५ रहेको छ |

कार्यक्रम हुने मिति , समय र स्थान संगै कार्यक्रम सम्बन्धि अन्य सम्पूर्ण जानकारी निम्न दियिएको छ ;

Date: Jan 19, Friday 6 pm
Venue: Thornbury Theatre
Ticket Price: 35$ (Including dinner)
Booking&Info.: 0430322898 /0420800432

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal