eNepal

तेर्हौ न्याभ कप क्रिकेट टुर्नामेन्ट आगामी ७ जनवरीबाट मेल्बोर्नमा हुँदै

नेप्लीज एसोसीयसन अफ भिक्टोरीया (NAV)ले गत बर्षहरु जस्तै यो बर्ष पनि न्याभ कप क्रिकेट प्रतीयोगीता आयोजना गर्ने भएको छ। भिक्टोरीयन नेप्लीज क्रिकेट एसोशीएसनसँगको सहकार्यमा आगामी ७ जनवरीबाट शुरु हुने सो प्रतीयोगीतामा द हिमालयन क्लब ए, द हिमालयन क्लब बी, नारे किङ्ग क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ए, सगरमाथा क्रिकेट क्लब बि, सगरमाथा क्रिकेट क्लब सी, गोर्खाली क्रिकेट क्लब, रोयल राईनोज क्रिकेट क्लब, ईस्ट्रन ब्लुज क्रिकेट क्लब गरेर नौवटा क्रिकेट क्लबको सहभागीता रहनेछ।

बिगत लामो समयदेखी सफलता पुर्बक क्रिकेट प्रतीयोगीता सँचालन गर्दै आएको नेप्लीज एसोसियसन अफ भिक्टोरीयाले यस बर्ष पनि निरन्तरता दिन लागेको हो। १३ औं सँस्करणलाई १३औ बार्षीकोत्सबको रुपमा धुमधामका साथ मनाउन न्याभले सम्पुर्ण भिक्टोरीयामा बसोबास गर्ने नेपाली समुदाएमा उपस्थिती भएर खेलाडीहरुलाई प्रोत्साहन र समर्थन गर्न अनुरोध गरिएको छ।

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भीसेजको मुख्य प्रायोजन रहेको यस प्रतीयोगीता आगामी ७ जनवरी आईतबारदेखी JC Donath Reserve, 2 Wagga Road, Reservoir मा बिहान नौ र दिउँसो एक बजे हुने छ। सेमी फाईनल र फाईनलका मिती र ठाउँ भने तय भई सकेको छैन। यसको अलाबा न्याभले गएको सालदेखी आयोजना गर्दै आएको भिक्टोरीयन बुहुसाँस्कृतीक नियोगको सहयोगमा अप्रीलको १४,१५ र २१ मा दोश्रो बहुसाँस्कृतीक क्रिकेट प्रतियोगीता आयोजना गर्ने न्याभका कोअडीनेटर तारा गैरेले बताउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal