eNepal

मेल्बोर्न सप्ताहको आज चौथो दिनः दान कवल गर्ने देखी आजिवन सदस्य बन्नेहरुको सङ्ख्या बढ्दै

पन्डित दिनबन्धु पोखरेलबाट कथा बाचन भई रहेको मेल्बोर्न सप्ताहको आज चौथो दिनसम्म आईपुग्दा मानिसहरुको उपस्थिती उत्साहजनक रुपमा देखिएको छ। एएनएमसीले बिभीन्न स्थानिय सँघ सँस्थासँगको सहकार्यमा नेपाली सामुदायीक भवन निर्माणको खातिर सहयोग सङ्कलन गर्ने हेतुले आयोजना गरिएको सातदिने सप्ताह महा पुराणमा भक्तजन लगाएत दान दाता र आजिवन सदस्य बन्नेहरुको सङ्ख्या उत्साहजनक रुपमा देखिएको छ।
सप्ताहको पहिलो दिन कलश यात्रामा मानिसहरुको उपस्थिती उल्लेख्य रहेको थियो।

हजारको सङ्ख्यामा उपस्थित रहेको पहिलो दिनको कार्यक्रममा $१४२० डलर दान पेटीकामा जम्मा भएको थियो, $७८९२२ को दान दिने वचनबद्दता बिभीन्न दान दाताबाट भएको थियो भने तेत्तीस परिवारबाट आजिवन सदस्यको सदस्यता लिनु भएको थियो।
तिन सयको उपस्थिती रहेको दोश्रो दिनको कार्यक्रममा एकहजार पन्द्र डलर दान पेटीकामा सङ्कलन भएको थियो भने $६७०६५ दान दिने प्रतिबद्दता दान दाताहरुबाट भएको थियो। २३ परिवार र ३ जनाले आजिवन सदस्य लिनु भएको थियो भने उक्त सदस्यता बापत $३७५०० दिने प्रतिबद्दता जायर भएको थियो।

सप्ताहको तेश्रो दिन ४०० जनाको उपस्थिती रहेको थियो भने $७०२ दान पेटीकामा सङ्कलन भएको थियो। ४५ परिवार र एक जनाले आजिवन सदस्ता ग्रहण गर्नु भयो भने $६८५०० को प्रतीबद्दता जनाउनु भएको थियो।चन्दा बापत $१३२७०४ को प्रतीबद्दता भएको थियो। भिकटोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जन दम्पतीबाट केही महिना अगाडीको पचास हजार दिने प्रतीबद्दतालाई बढाएर $१००००० दिने घोषणा गर्नु भएको थियो।

डेढ मिलीयन डलर उठाउने लक्ष्यका साथ आयोजना गरिएको सप्ताह महा पुराणमा डा: चन्द्र दिपक पोखरेल परिवारबाट $२६५०१, बद्री पन्त र जमुना पराजुलीको परिवारबाट $१०००१, मधु लक्ष्मी पोखरेल परिवारबाट $७००१, भिम न्यौपानेबाट $७००१, हरि प्रसाद घिमीरे र सानु पोखरेलको परिवारबाट $५०५०, स्याम नेपाली उर्फ सुमन देउजा र सिता जबेगुको परिवारबाट $५००१, खेम सुमीत्रा कन्डेलबाट $५००१, सुरेन्द्र सबिता सेढाई परिवारबाट $१०१०१ दान दिने घोषणा भई सकेको छ।

नेपाली कला सँस्कृतीलाई जगेर्ना गर्न भिक्टोरीया राज्यको मेल्बोर्नमा नेपाली सामुदायीक केन्द्रको निर्माण गर्ने उद्देश्यका साथ यो सप्ताह आयोजना गरिएको हो जहाँ पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपासहितको बहुसाँस्कृतिक केन्द्र बन्ने छ। सप्ताहको कार्यक्रम १८ डिसेम्बरबाट २४ डिसेम्बर सम्म मेल्बोर्नको सेन्ट अल्बन्सको चिन्तापुर्नी हिन्दु मन्दिरमा आयोजना भईरहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal