eNepal

ठुलो मन भएका सबैका दाई चन्द्र योन्जन, नेपाली सामुदायीक भवन निर्माण सहगार्थ एकलाख डलर दिने घोषणा

नेपाली समुदायप्रति सदैब चिन्तीत भिक्टोरीयाको लागि अबैतानिक नेपाली महाबाणिजय दुत चन्द्र योन्जनद्वारा नेपाली सामदायीक भवन निर्माणको लागि एकलाख अस्ट्रेलीयन डलर दिने घोषणा गर्नु भएको छ। अस्ट्रेलीयन नेप्लीज मल्टी कल्चरल केन्द्र (एएनएमसी)ले आयोजना गरेको सात दिने सप्ताह महापुराणको तेश्रो दिन आज उक्त घोषणा गर्नु भएको हो। यस अघिनै एएनएमसीको एक कार्यक्रममा पचास हजार डलर दिने घोषणा गर्नु भएको चन्द्र योन्जनले सो प्रतीबद्दतालाई बढाएर थप पचास हजार डलर दिने घोषणा गर्नु भएको हो।

नेपाली समुदाएको हरेक गतिबिधीमा सदैब चासो राख्ने र सवैलाई केही गर्न पर्छ भनेर प्रोसाहन दिन कुनै कन्जुसाई नगर्ने चन्द्र योन्जन समाजको हक र हितको लागि सदैब चिन्तीत रहनु हुन्छ। जो सकै होस् सहयोग र अपेक्षाको साथ उहाँलाई ढक्ढक्याउन गए नाई र हुँदैन नभन्नुनै उहाँको बिशेषता हो।नेता देखी अभीनेता सम्म गाएक देखी समाजसेवी सम्म हरेक तप्का र तहका व्यक्तिहरुले सम्मान पाउने उहाँको कार्यकक्षबाट धेरै नेपाली श्रष्टाहरुले सम्मान पाई सक्नु भएको छ।

सबै नेपालीका अभिभावकत्वको अभिभारा बोक्नु भएका चन्द्र योन्जनले नेपालीहरु पनि अस्ट्रेलीयन सरकारका माथील्लो तहमा पुगेको र नेपालीहरु पनि अस्ट्रेलीयामा अरुको काम मात्रै गर्ने होईन अव सन्चालक, परिचालक, प्रवर्तक, प्रतीपादक, उधमी भएको हेर्न चाहेको धारणा व्यक्त गरेर अरुलाई प्रोत्साहन दिने गर्नु हुन्छ। आफ्नो दैनीक जिवनको व्यस्तताको बावजुद पनि उहाँ नेपाली समुदायले आयोजना गर्ने गरेको अक्सर सबै कार्यक्रमहरुमा उपस्थिती जनाउनु हुन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal