आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म मेल्बोर्नमा सात दिने सप्ताह हुने भएको छ। पन्डित दिनबन्धु पोखरेलबाट पुराण बाचन हुने सप्ताह कार्यक्रम मेल्बोर्नको पश्चिममा रहेको सेन्ट अल्बन्सको माता चिन्ता पुर्नी मन्दिरमा हुने लगभग पक्का भएको छ।
अस्ट्रेलीएन नेप्लीज बहुसाँस्कृतीक कम्युनिटीले (ANMC) जिम्मेवारी लिएको सप्ताह कार्यक्रमलाई सफल बनाउन अस्ट्रेलीयामा रहनु भएका सबै नेपाली लगाएत अन्य समुदायलाई सहभागी जनाउन हार्दीक अनुरोध गरिएको छ। नेपाली सामुदायीक भवन बनाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको सो कार्यक्रमलाई सफल बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्न आवहान गरिएको छ। यस पालीको क्रिसमस सबै अस्ट्रेलीयामा रहेका नेपालीहरुले मेल्बोर्नमा मनाउँ भन्ने नारा लाई आत्मसाथ गर्दै सबै नेपाली मनहरुलाई यस भव्य कार्यक्रमलाई सफलताको साथ मनाउन अनुरोध पनि गरिएको छ।
मेल्बोर्न लगाएत भिक्टोरीयाका सबै नेपालीलाई समेट्ने गरे बिभीन्न ठाउँको प्रतिनिधीत्व गर्दै सिनीएर भाईस प्रेसीडेन्टहरू जसमा उत्तर मेल्बोर्नबाट सुरेन्द्र सेडाई, पुर्बी मेल्बोर्न र महिलाहरुबाट कुसुम पोखरेल, पुर्बी मेल्बोर्न र खेकुदबाट मधु पोखरेल, मेल्बोर्न पश्चिमबाट उगेन्द्र रेग्मी, दक्षिण मेल्बोर्नबाट मणी सापकोटा मार्फत एरीया कोअडीनेटरहरुलाई सम्पर्क गर्न सकिने छ। साथै महासचिब केसब कन्डेल मार्फत पनि जानकारी लिन सकिने छ।
हामीले नबनाए कसले बनाउने, “हाम्रो लागि नेपाली घर हामीलेनै हो बनाउने” मुल मन्त्र लिएर यस भव्य कार्यक्रमलाई सफल बनाऔं।

