eNepal

मेल्बोर्नको विन्डम नेप्लीज समाजद्वारा रक्तदान र बार्बेक्यु कार्यक्रम सम्पन्न

मेल्बोर्नको पश्चिममा बसोबास गर्ने नेपालीहरुको समाज विन्डम नेपाली समाजले २२ अक्टुबर, २०१७ का दिन एक कार्यक्रम आयोजना गरेर रक्तदान गरेको थियो। व्यरेबी डोनोर सेन्टरमा करिब १० बजेबाट सुरुवात भएको कार्यक्रममा १० जनाले रक्तदान गर्नु भएको थियो। रक्तदान पछि गरिएको बार्बेक्यु कार्यक्रममा ३५ जनाको उपस्थिती रहेको थियो।

राजीव अर्यालबाट करिब ११:३०मा रगत दानको कार्यक्रम शुरुवात भएको थियो भने २:३० मा शरद अर्यालद्वारा रक्तदान गरेर समापन भएको थियो। रगतको अभावमा दैनीक कैयौं मान्छेहरुले मृत्यबरण गरि रहेका हुन्छन् र यस्ता कार्यक्रमले कमसेकम रगतको अभाबमा मृत्युको मुखमा पुगेकाहरुलाई केही हदसम्म सहयोग गर्न सक्छ भन्ने हेतुले रगतदानको कार्यक्रम सम्पन्न गरिएको थियो।साथसाथै मेल्बोर्नको पश्चिममा आई बसोबास गर्ने नेपाली समुदायलाई एकैठाउँमा जुटाउने प्रयास पनि थियो।

बार्बेक्यु कार्यक्रमलाई एमएनएसी वेस्ट र स्मार्ट एक्सिस मिडीया एण्ड ईन्टरटेनमेन्टले सहयोग गरेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal