eNepal

अस्ट्रेलीयन नेप्लीज बहुसांस्कृतिक केन्द्रले (ANMC) सामुहिक घटस्थापना र दुर्गा पुजा आयोजना गर्दै

हिन्दु धर्मावलम्बीहरुको ठुलो महान चाड बडा दशैको पावन अबसरमा सबै नेपाली मनहरुलाई शुभकामना दिदै ANMC ले सामुहिक घटस्थापना र दुर्गा पुजा आयोजना गर्न लागेको छ। घटस्थापनाको दिन बिधीवत जमरा रोप्दै नौ दिन सम्म पुजा पाठ गरि जमरा उमारिने र दशमीको दिन टिका र जमरा वितरण गरिने छ। संस्कार भवन, 69 Wadhurst Drive Boronia Vic 3155 मा हुने उक्त पुजाको लागि हरेक दिन बिहान ७.३० देखि ११ बजे सम्म र हरेक साँझ ५ बजे देखि ८ बजे सम्म दर्शनको लागि समेत खुला रहने छ। संस्कार भवनमा आउन नभ्याउनेहरुको लागि मूल जमरा विभिन्न suburb मा पुर्याउने कोशिश गरिने छ। यसको स्थान र सम्पर्क व्यक्तिहरु को बारेमा छिटै जानकारी गराउने ANMC ले जनाएको छ ।
कार्यक्रम:
२१ सेप्टेम्बर बिहिबार – घटस्थापना को दिन (बिहान ६:३० बजे ) : घटस्थापना (श्री शंकर गौतम ज्युबाट)
२४ सेप्टेम्बर आइतबार (बिहान ७:३० बजे देखि १०.३० सम्म) : पुजा (श्री दिपक पन्त र श्री बहिनि बाबा पन्तबाट)
३० सेप्टेम्बर शनिबार – टिकाको दिन (बिहान ७:३० बजे देखि १०.३० सम्म) : बिसर्जन, टिका र जमरा वितरण
नोटः संस्कार भवनमा माछा मासु अण्डा र मदिरा मनाही छ ।

थप जानकारी को लागि सम्पर्क गर्नुहोला ।
सुरेश छेत्री – ०४०१७७३०२
रंजन बैद्य – ०४१०५४५५२०

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal