eNepal

गायक, सङ्गीतकार एबम् एरेन्जर पुर्ण गुरुङलाई सहयोग गरौ, सर्जकलाई बचाऔं

गायक संगीतकार तथा एरेन्जर पूण गुरुङ यतिबेला हस्पिटलको बेडमा छन । उनका दुबै मृगौलाले काम नगर्ने भएपछि उपचारका लागि विगत एक महिनादेखि अस्पतालको बेडमा छन । ९ बर्ष पहिले पनि उनले मृगौला ट्रान्सफर गरेका थिए । त्यसबेला पनि उनको १२ लाख सकिएको थियो । तर अहिले भने उनका ट्रान्सफर गरेको मृगौलाले काम नगर्ने भएपछि उनी माथि संकट आइलागेको छ ।

उनी जीवन र मरणको संघारमा छन । एक महिनादेखि हस्पिटलमा बस्दा करिब चारपाँच लाख सकियो । अब मृगौला प्रत्यारोषण गर्नका लागि १२ लाख खर्च लाग्ने बताइएको छ । उक्त पैसा गुरुङसंग नभएपछि उनी सहयोगी हातहरुको पर्खाइमा रहेका छन । ४ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने डक्टरको सल्लाह छ ।

यदि त्यो समयमा उनले मृगौला प्रत्यारोपण गर्न नसेनन भने उनको जीवन र मरणको केही ठेगान हुनेछैन । उनलाई सहयोग गर्ने कोही पनि छैन । आफन्त नै पराइ भएपछि उनी मृत्युलाई कुरिरहेका छन । उनी भन्छन आफुसंग उपचार गर्ने खर्च छैन कसैले सहयोग गरे केही समय बाच्ने थिए । आफुले कमाएको सबै पैसा पहिले मृगौला टान्सफ गर्दैमा सकियो ।

अहिले यो अवस्थामा पुगियो । गुरुङले दुइ हजारभन्दा बढी गीतमा संगीत भरेका छन । दर्जनौ गीतमा स्वर दिएका छन । उनले गाएका गीत रेडियो नेपालमा अभै पनि कालजयी छन । उनले संगीत गरेका गीत अनि तीनै गीत गाउने गायक गायिकाहरु अहिले धैरै माथि पुगेका छन । तर उन भने अस्पातालको एउटा छिडिमा उपचार खर्च जुटाउन नसकेर जीन्दगी गुजारी रहेका छन ।

उनले संगीत गरिदिएका गायक गायिकाले नै उनलाई सहयोग गर्ने हो भने पनि उपचार सम्भव देखिन्छ । तपाइ हामी सबैको सानो सहयोगले संगीतकार पूण गुरुङको जीवन बचाउन सकिन्छ भने यस कार्यमा हामी सबैले सहयोग गर्न आवश्यक छ ।
यदि तपाईहरु नेपाली साङ्गीका धरोहर पुर्ण गुरुङलाई सहयोग गर्न चहानु हुन्छ भने निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ
Nanda Gurung
BSB: 062799,
Acc: 10228435
Mention Ref: Help Purna Gurung

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal