eNepal

पर्थमा दशैँ मेला २०१७

हरेक चोटी झैँ यसपालि पनि नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ | हामी नेपाली पर्बहरुको धनि छौ भनेपनि हुन्छ | हरेक महिना हाम्रो नेपाली मौलिकता झल्काउने फरक फरक चाडबाडहरुको आगमनले मनै हर्षित बनाउछ | दशैँ हामी नेपालीहरुको राष्ट्रिय चाड हो | साल भरिको दुख पिडा भुलेर, खुसि साट्ने रमणीय क्षण |

नेपालमा खेतमा धान झुल्न लाग्दा, बिहानीको चिसो सिरेटोले ज्यान सिरिङ्ग बनाउदा साच्चिनै दसैँ आएको आभास हुन्छ | नेपाली मन हो, स्वोदेशमा दशैँ आउदा पनि खुसीले मातिन्छ , अनि विदेशमा हुदानि दशैको लागि रंगी बिरंगी खुसीहरू बटुल्न थाल्छन |
हामी सबै नेपाली खुलेर मनोरंजननात्मक ढंगबाट दशैँ मनाउछौ | बालक देखि वृद्द सम्मका आफ्नै-आफ्नै रंगी बिरंगी तरिका छन् दशैं मनाउने |
बिजय दशमीको पावन अवसरमा, मातृभूमिबाट टाढा रहनुभयका सम्पूर्णमा मातृभूमिको झझल्को मेटाउन साथै खुसियाली साट्न पश्चिम अस्ट्रेलिया, पर्थमा यहि आउदो सेप्टेम्बेर १६ तारिखका दिन दशैँ मेला २०१७ आयोजना गरिदै छ | ड्रिमल्याण्ड माइग्रेसन्को बिशेष सहयोग र संग्लगनतामा आयोजित यस कार्यक्रमको मुख्य श्रेय पर्थ नेपाल एवेंट कम्पनीलाई जान्छ जसले हरेक चोटी नेपाली चलचित्र, स्पोर्ट टुरनामेंट देखि अन्य थुप्रै मनोरन्जनात्मक गतिबिधि बाट हाम्रो नेपाली कला र संस्कृतिलाई प्रस्फुटन गर्दै आइरहेको छ | अझ बढी भन्ने हो भने, नेपाली कलाकार र दर्शक बिचको दुरीपनि मेटाउदै आएको छ |

हरेक चोटी कोहि न कोहि कलाकार निम्त्याउने यस एवेंट कम्पनीले यो चोटी भने दशैँको अवसर पारेर नेपालको अहिले चर्चित कमिडीयन सन्दिप क्षत्री , चर्चित गायक अल्मोडा राना र काले दाई बाट भब्य चर्चा कमायकि मोडेल माला लिम्बुलै दर्शक सामु निम्त्याउने जानकारी प्राप्त भयको छ | यस कार्यक्रमको आयोजना देखि व्यवस्थापन सम्मका सम्पूर्ण चिजहरुको परिपूर्तिको जिम्बेवार्री यस एवेंट कम्पनी स्वोयमले उठायाको छ | जसको डिरेक्टरहरु हुनुहुन्छ संजय चौधरी,र श्री न्यौपाने, साथै एवेंट म्यानेजरमा हुनुहुन्छ प्रमेश केसी |
कार्यक्रममा लाग्ने खर्चलाई मध्यनजर गर्दै , यस कार्यकर्ममा सहभागिता जनाउनेलाई यस एवेंट कम्पनीले सिमित टिकेट सुल्क तय गरेको छ | जसको जानकारी निम्न उल्लेख गरियको छ;

Tickets Price: 40$ Adults
Kids Age of 5-12: $20
Kids under 5: Free

माला लिम्बु, सन्दिप क्षत्री अनि अल्मोडा रानाको प्रस्तुति संग संगै , पर्थ बसोवासित नेपाली प्रतिभावान स्थानिय कलाकारहरुलाई पनि दर्शक सामु आफ्नो प्रतिभा पस्कने अवसर दिइने छ | येतिमात्र नभई कार्यकर्म समापन डिजे द्वारा हुने तथ्य बाहिरियको छ |

यस कार्यक्रमको थप जानकारीका लागि सम्पर्क नम्बर;
प्रमेश केसी : 0426123927

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal