eNepal

येति र युनाईटेड फूटबल क्लबको सयुक्त प्रयासमा मेलबोर्नमा बाढी प्रभावितका लागि च्यारिटी फूटबल म्याच

प्राकृतिक प्रकोप नत रोकेर सकिन्छ नत पूर्व आभाष नै हुन्छ | यसको आउने मिति यो आफै निर्धारण गर्छ | नेपालमा पनि कोशी नदिको बहाब बढेर अत्याधिक जनधनको क्षति भयको कुरा सम्पूर्णमा अबगतनै छ | यो पनि एउटा प्रकितिक प्रकोप भित्रनै पर्छ | बाढीका कारण कयौ मानब बस्ति उजाडिको छ | हजारौ मानिसहरु घरबार बिहिन भयका छन् अनि हजारौको मुस्कान खोसियको छ |

यस्तो अबस्थामा देश देखि विदेशमा रहनु भयका सम्पूर्ण नेपालीहरुले आफुले सक्ने सर सहयोग गर्दै आइरहनु भयको छ | सबै जनाले आफ्नो आफ्नो क्षत्र बाट कोसिस गर्दै हुनुहुन्छ, ति छरियका खुसिहरु समेट्न अनि कोशीले बगायार थुपारेको बालुवासंगै पुरियको त्यी हजारौ सपना ,र आसाको किरण खोतल्न | कलाकार होस्, य़ा खेलाडी, शिक्षक होस् य़ा डाक्टर, य़ा फेरि साधारण किशान नै किन नहोस, कोसीले दियको चोटले सबैको भोक प्यास मारेको छ | दिनरात नभनी तल्लिन छन् सबै नेपाली सर सहयोग जुटाउनमा |

उक्त समस्या बाट बिदेशमा बस्नेहरु पनि उतिनै चिन्तित हुनुहुन्छ जति स्वोदेशी | आफ्नो क्षत्र बाट सक्ने भरपुर सहयोग सबैले गर्दै आइरहनु भयको छ | यस्तै सहयोगको क्रममा अस्ट्रेलियाको मेलबर्न नेपाली समाजमा स्थापित येति फूटबल क्लब र युनाईटेड फूटबल क्लबको सयुक्त प्रयासमा येही सेप्टेम्बेर १० तारिखका दिन च्यारिटी फूटबल म्याच घोसित गरियको छ | बाढी प्रभावितहरुलाई सहयोग गर्ने हेतुले योजना गरियको यस म्याचमा येति र युनाईटेड संगै संगै मेलबोर्नमा रहेका अन्य फूटबल क्लबको पनि सहभागिता रहने छ | जसमा रोयल वेस्टर्न क्लब , नेपसिटि बोईज, मेलबोर्न लायन्स, हिमालयन फूटबल क्लब लगायत अन्य क्लबहरु पनि पर्नु भयको छ |

यस म्याच सेप्टेम्बेर १०, आइतबारक दिन भिक्टोरिया स्ट्रिट, ब्रनसुईक स्थित क्लिफटन पार्कमा हुने जानकारीमा आयको छ | नेपाल फ्लड भिगटिम २०१७ लाई मध्यनजर गर्दै सहयोग गर्ने उद्यश्य बोकेर , बिहानको एघार बजे बाट यस खेलको सुरुवात हुने टुंगो बाहिरियको छ |

फूटबल म्याचको साथ साथै अक्सन र बार्बिकिउ कार्यक्रम समेत हुने कुराको जानकारी प्राप्त भएको छ | यस कार्यक्रम मार्फत प्राप्त भयको जम्मा जम्मी रकम गैर आवसीय़ नेपाली सस्था अस्ट्रेलिया बाढी पिडित राहत अर्जी मार्फत नेपाल जाने जानकारी स्रोत मार्फत बाहिरियको छ |
तपाई हाम्रो सहयोग अमुल्य भयकाले मेलबोर्नमा बसोबास गर्ने सपुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थीको लागि आग्रह गर्दछौ | फेरि पनि समय आएको छ सहयोगी हातहरु अगाडी बढाउने | आउनुस है , आइतबार क्लिफटन पार्कमा |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal