eNepal

अस्ट्रेलियाको पर्थमा पाचौ अन्तरास्ट्रिय नेपाली साहित्त्य सम्मेलन हुदैँ

जहाँ जहाँ कला, संस्कृति र साहित्यको कुरा निस्किन्छ , त्यहाँ त्यहाँ नेपाल र नेपालपनले सधै अग्र स्थान ओगट्छ | स्वोदेश होस् या विदेश, आफ्नो कला, संस्कृति जोगाउन निरन्तर क्रियाशील छन् हाम्रा नेपाली |

एक्काईसौ सताब्ब्दी अहिले | समयले ठुलो फड्को मारेको छ | विभिन्न देशका विभिन्न भाषामा रचित कृतिहरु सजिलै पढ्न र सुन्न पाइन्छ | आज हामी नेपाली, नेपाली भाषा मात्र नभई अंग्रेजी, हिन्दि, कोरियन, मलेसियन लगाएत अन्य थुप्रै बिदेशी भाषाहरु बोल्छौ |
नारायण गोपाल र नातिकाजी मात्र होइन केल्भिन हरिश र रिहाना सम्मका गित संगीत रुचाऊछौ | आफ्नो मात्र नभई अरुको कला र प्रतिभा समेतको सम्मान गर्छन हाम्रो नेपाली मन |

मातृभूमिको न्यानोपन अन्त खोजेर कहाँ पाईन्छर ? भानुभक्त र पारिजातका जस्ता अमर कृतिहरु कहाँ भेटिन्छर | माधब प्रसाद घिमिरेको कविता सुन्ने बित्तिकै रमाउने हामी नेपालि, कहाँ बिर्सन्छौ र यस्ता महान व्यक्तिद्वारा रचित काब्यहरुलाई | यिनै हस्तीहरु त हुन्, आफ्ना कृतिहरुले नेपाली कला संस्कृतिलाई बिस्वोमा परिचित गराउने |

आफ्नो यहि कला र संस्कृति जोगाउने र यस्ता महान हस्तीहरुलाई सम्मान गर्ने हेतुले, आगामी सेप्टेम्बर ९-१० तारिखमा पश्चिम अस्ट्रेलियामा अन्तराष्ट्रिय साहित्त्य समाजको आयोजनामा पाचौ अन्तरास्ट्रिय साहित्य सम्मेलन हुन लागिरहेको छ | नेपाली भाषा र साहित्यलाई उत्थान गरौ भन्ने मूल आसयका साथ हुन गईरहेको उक्त कार्यक्रम यहि आउने सेप्टेम्बर ९-१० तारिखका दिन बिहान ९ बजे देखि सुरु भयर करिब ५ बजे समापन हुने जानकारी प्राप्त भयको छ |
हिमालयन नेपलिज रेस्टुरेन्ट यन्ड क्याफे, एवेरेस्ट प्रोपर्टी यन्ड फाईन्यान्स लगायतका कम्पनीहरुको मुख्य स्पोन्सरमा सुचारु हुन लागेको यस कार्यक्रमलाइ अन्य थुप्रै कम्पनिहरुले आफ्नो साथ सहयोग गर्नु भयको छ |
अस्ट्रेलियाको जुनसुकै क्षत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरु यस कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ | साहित्य पुजारीहरुको लागि यो पक्कै सुनौलो अबशर बन्नेछ आफ्नो देशको कला र भाषाको उत्थानको लागि | कार्यक्रममा सहभागी हुन इक्षुक जो कोहिले पनि समय मिलायर आफ्नो सहभागिता जनाऊन सक्नुहुनेछ | प्राप्त जानकारी अनुसार यस कार्यक्रमको भेनु निम्न उल्लेख गरियको छ :

The Macedonian Community of WA
51 Albert St North Perth WA 6006

नबिर्सिनोस! नेपाली कला र साहित्यको जगेर्ना, तपाई हाम्रो जिम्वेवारी |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal