eNepal

अष्ट्रेलियाबाट बेपत्ता भएका युवा खोजिदिन परिवारको दूतावासलाई आग्रह

उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका सिरहाका एक विद्यार्थी बेपत्ता भएको भन्दै परिवारले अष्ट्रेलियास्थित नेपाली दुतावासलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
करिब १८ बर्षअघि बिद्यार्थी भिषामा अष्ट्रेलिया आएका सिरहा जिल्ला मखनाहा गाविस ५ मा बस्ने प्रभाकर कुमार मंडल करिब १० बर्षदेखि परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले दुतावासलाई खोजी गरिदिन आग्रह गरेको हो । होटल म्यानेजमेन्टमा ब्याचलर डिग्रीको अध्ययन गर्न भारतको नयाँदिल्ली हुँदै मण्डल अष्ट्रेलिया आएको निवेदनमा उल्लेख गरिएको छ ।

सन २००६ सम्म फोनमा सम्पर्क भए पनि सन २००७ देखि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका परिवारद्वारा लेखिएको पत्रमा जनाइएको छ । क्यानबेरामा रहेको दुतावासले पनि परिवारको अनुरोधमा मंडलको खोजीकार्यलाई तीब्रता दिएको जनाएको छ । दुतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डेले मण्डलको परिवारले उपलब्द्ध गराएको सुचना अनुसार पश्चिम अष्ट्रेलिया र क्युन्सल्याण्ड प्रहरीलाई सहयोगका लागि आग्रह गरिएको जानकारी दिए । पाण्डेले परिवारले उपलब्ध गराएको निवेदनमा मंडलको ठेगाना पश्चिम अष्ट्रेलियाको पर्थ देखिएकाले पर्थ र छिमेकी राज्य क्युन्सल्याण्ड प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बताए ।

पाण्डेले अष्ट्रेलियास्थित बिदेश बिभागको कन्सुलर शाखामा समेत यसबारेमा जानकारी गराइएको बताए । प्रहरीका साथै सम्बन्धित सबै निकायहरुमा खोजीका लागि आग्रह गरिसकेका कारण चाँडै बेपत्ता भनिएका मण्डलको बारेमा केही जानकारी प्राप्त हुने आशा पाण्डेले गरे । साथै दुतावासले अष्ट्रेलियामा रहेका नेपाली समुदायहरुलाई पनि उनको बारेमा केही जानकारी भए दुतावासलाई उपलब्द्ध गराउन आग्रह समेत गरेको छ ।

साभारः कान्तिपुर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal