eNepal

१० सेप्टेम्बर आईतबार न्याभ बाल दिवस हुँदै

नेप्लिज एशोसीयसन अफ भिक्टोरीयाले (न्याभ) बिगतका केही बर्षहरु देखी निरन्तर आयोजना गर्दै आएको न्याभ बाल दिवस यो बर्ष पनि १० सेप्टेम्बर आईतबारका दिन कोबर्ग टाउन हलमा आयोजना गर्ने भएको छ।

भिक्टोरीयामा नेपाली समुदायको बढ्दो बसोबाससँगै हरेक बर्ष आयोजना हुँदै आएको बाल दिवसमा यसपाली गत सालका कार्यक्रमहरु भन्दा केही पृथक तरिकाबाट आयोजना गरिने न्याभले जनाएको छ। सामान्य भेटघाटको कार्यक्रम गरेर मनाउँदै आएको बालदिवसलाई यसपाली मेल्बोर्नमा सँचालीत बिभीन्न नेपाली भाषा सिकाईने स्कुलहरुको सहकार्यमा यसलाई अझ व्यबस्थीत तरिकाबाट अगाडी लैजान सबैसँग हातेमालोको साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

हाल मेल्बोर्नमा न्याभ बाल चौतारी प्रेस्टोन, न्याभ बाल चौतारी वेस्ट टार्नेट, हाम्रो नेपाली पाठशाला भर्माउन्ट साउथ, हिमालय नेपाली समाज स्कुल, क्रेगीबन नेपाली स्कुल सन्चालनमा रहेका छन्। यो क्रम बड्दो क्रममा रहेको छ। यस कार्यक्रमलाई एनआरएनए अस्ट्रेलीयाको समर्थन रहेको छ।

बिदेशमा रहेका अभिभाबकहरु आफ्ना सन्तानले कतै आफ्नो मौलीक भाषा बिर्सन्छन् कि भन्ने डरले पनि हुन सक्छ आजकाल अभिभावकहरुले अलिक बढि चासो देखाउन थाल्नु भएको छ। नेपाली भाषा, कला , साहित्य र सँस्कृतीको जगेर्नामा न्याभले गर्दै आएका भुमीका पक्कै पनि प्रशंसनीय रहेको छ। बाल दिवस, तीज कार्यक्रम यसका ज्वलन्त उदाहरणहरु हुन्।

यो बर्ष बाल दिवसलाई भव्य रुपमा सबैको समाबेश हुने गरि आयोजना गर्ने हेतुले सबै नेपाली भाषा बिधालयलाई दुई वा तिनवटा कार्यक्रम प्रस्तुतीको लागि छुट्याईएको छ जसमा एकल वा समुहमा आफ्नो प्रस्तुती दिन पाउने भएका छन्। यसको लागि सबै अभिभावकहरुले आ आफ्नो ठाउँको स्कुलका सँयोजकसँग सहकार्य गर्नु पर्ने छ। यो पक्कै पनि साना साना भाई बहिनीहरुको लागि आफ्नो कला प्रस्फुटन गर्ने अवसर पनि हुन सक्छ। साथसाथै आफ्नो मौलीक कला र सँस्कृतीको पहिचान गराउन मुख्य भुमीका खेल्न सक्छ। न्याभले सहभागी सबै अभिभावक र भाई बहिनीहरुलाई खाजाको पनि व्यबस्था गर्ने भएको छ।

अभिभावकहरुले आफ्ना बच्चालाई सहभागी गर्नका निमीत्त निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नु हुनेछ।
१: भवानी पौडेल न्याभ बाल दिवस कोअडीनेटर – ०४१०१०४८३०
२: बालचौतारी प्रेस्टोन – पिताम्बर कोईराला
३: बालचौतारी वेस्ट – डा: युगेन्द्र रेग्मी
४: हाम्रो नेपाली पाठशाला भर्माउन्ट साउथ – मनोज घिमीरे
५: हिमालय नेपाली समाज स्कुल – गुणराज लुईटेल
६: क्रेगीबन नेपाली स्कुल – प्रेम कन्डेल

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal