नेपाल आईडल अहिले स्वोदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै चर्चामा रहेको छ | लाखौको संख्याबाट घटेर अहिले मात्र टप ४ बाकी हुनुहुन्छ | उक्त टप ४ मा बुद्ध लामा , निशान भट्टराई, प्रताप दास र सागर आले पर्नुभयको छ भने सुजाता पाण्डे भोटिंग कम आयकाले बाहिरिनु भयको छ | हरेक हप्ता कुनै नै न कुनै सेलिब्रेटी जज आमन्त्रित गर्ने नेपाल आइडलको मंचमा यसपटक नेपालका चर्चित गायक रामकृष्ण ढकालको उपस्थिति रहेको थियो |
हरेक चोटी फरक फरक गीत संगीतलाई उठान गर्दै आइरहेका हाम्रा आइडलका प्रतियोगीहरुले यो चोटी सांगीतिक क्षत्रमा स्वोर्णिम अक्ष्यरमा लेखिनुपर्ने नाम , हाम्रो गीत संगीतको सान, सम्माननीय गायक रामकृष्ण ढकाल ज्युको गीतहरुलाई न्याय दियर गुनगुनायका थिय |
गित संगीतको उत्थानमा उनको (रामकृष्ण) योगदान अविशमरणीय छ | आफ्नो आवाज र गायकी शैलीबाट सम्पूर्ण दर्सक श्रोताहरुको मन मुटुमा आफ्नो छुट्टै स्थान बनाउन सफल उनको, नेपाल आइडलमा बहन गर्नुभयको निर्णायक भूमिका पश्च्यात धेरै दर्सकहरुले नराम्रो टिका-टिप्पणी गर्नु भयको छ | कारण, उनले बिशेष रुपमा प्रताप दास र निशान भट्टराईलाई केन्द्रित गरेर राखेका केहि भनाईहरु | निर्णायक मण्डल जस्तो गरिमामय पदमा आसिन रहेर पनि निस्पक्ष्य ढंगले आफ्ना तर्कहरु प्रस्तुत नगर्नु बास्तबमै उहाको ठुलो कमजोरी हो | जति पनि प्रतियोगी टप ५ मा पुगे, उनीहरुको गायकी क्षमताको कारण र दर्सकको भोटको आधारमा पुगे | सबैजनाको गायकी राम्रो भयरनै कयौको संख्याबाट दर्सक र हाम्रा अन्य जजहरुले उहाहरुलाई छनोट गर्नुभयको हो | त्यसैले, रामकृष्ण ढकालले निर्णायक जस्तो न्यायिक पदमा बसेर पक्ष्यपाति रुपमा आफ्नो धारणा ब्यक्त गर्नु गलत भयको
ठम्याई हाम्रो दर्सकहरुले गर्नु भयको छ |
रामकृष्ण ढकालको भनाइ जस्ताको त्यस्तै:
” निसान त राम्रो गाउछ नै, सुजाताले यस्तो गाउछ जस्तो लागेको थियन | तर राम्रो गयो | बास्तबमा दर्सक भनेको सबैभन्दा ठुलो जज हो | उहाहरुले भोट गरेपछि टप ५ मा यहाहरु आइपुग्नु भयको हो | त्यसै होइन | यो गीत मैले लता मंगेस्कर संग गाएको गीत हो | बास्तबमा सबैको आफ्नो आफ्नो बिशेसता छ तर मैले यहाँ आएर भन्नु पर्छ | संगीतमा आउने मान्छेलाइ गायकीको धेरै महत्त्वो हुन्छ | मलाई गायकीको हिसाबमा सब भन्दा मन पर्नी निशान हो र प्रताप दास पनि | प्रताप दासको पनि आफ्नो छुट्टै प्याकेज छ | तपईहरु जस्तो मान्छे बटम ३ मा पर्नु भनेको दुखको कुरा हो | हामी बाचुन्जेल त्यो प्रतिभा लाई चिन्दैनौ अनि मरिसकेपछि फलानो उस्तो एस्तो भन्छौ| तसैले यो कुरा तपईहरुले याद गर्नुहोला | प्रताप दास र निशान बटम ३ मा पर्नु भनेको शोको लागि पनि दुखद हो | हाम्रो लाई नभई राम्रोलाई भोट गर्नुस | तपाई हरु दुवै जना (निशान, प्रताप) सुरक्षित होस् भन्ने कामना गर्दछु | निशानलाई एउटा भोट मा पनि गर्ने छु “|
उनको यस्तो जजमेन्टलाइ अहिले सामाजिक संजालमा दर्सकहरुले खण्डन गर्दै आइरहनु भयको छ | उहाले प्रताप दास लाइ लुकपनि एकदम राम्रो भयको भन्दै नेपाल आइडलको दाबेदार हुन् भनेका थिय | यसले अहिले सम्मकै बाहिरीयका प्रतियोगीहरु माथिको निर्णय शंकास्पद बनायको छ | बाहिरी दुनियामा बसेर आफ्नो मन पर्ने नपर्ने हेरेर प्रचार प्रसार गर्न पाइन्छ तर निर्णायक मण्डल भित्र हरेक कोइले निस्पक्ष्य भयर आफ्नो निर्णय दिनु पर्छ | त्यसैले, आसा गरौ हाम्रा जजहरुले आगामी दिनहरुमा यस्तो प्रबित्ति नदोहोराई निस्पक्ष्य निर्णय गर्नु हुन्छ |

