eNepal

लोक गीतको नाममा बिकृति फैलिदै, सन्दर्भ: लुतो होकी पिलो ?

गीत संगीत हाम्रो सम्भ्यताको परिचय हो | झन् नेपाली लोक दोहोरि गीतले हाम्रो सिंगो राष्ट्रको मौलिकता झल्काउछ | देशको रितिथिति, चालचलन, सामजिक रहनसहन प्रस्फुटन गर्ने हाम्रो गीत संगीत हाम्रो पहिचान | नेपाल भिभिन्न जातजाति अनि भाषाभाषी मिलेर सदियौ देखि बसोबास गर्दै आइरहेको एउटा शान्त मुलुक | जसको आफ्नै भौगोलिक विशेषता छन् | हरेक धर्मालम्बी हरुको आफ्नै छुट्टा छुट्टै भाषा अनि मौलिकता | येहाको झ्याउरे, मारुनी, लगायतका परम्परागत शैलीमा गुनगुनाउने गीत संगीत आहा! संसार भुलेर सुनिरहू जस्तो |
तर, अहिले समयले कोल्टे फेरेको छ | हामी झ्याउरे सुन्नमा होइन, डिजे तिर बढी आकर्षित भयका छौ | आफ्नो कला र संस्कृतिलाई पछाडी छाड्दै, पश्चिमेली संस्कृति तर्फा उत्प्रेरित हुदै छौ हामी | राम्रो कुराको सिको गर्नु पक्कै राम्रो हो | तर नयाकुरा सिके पश्च्यात आफुसंग भयका कुराहरुको अबलम्बन नगर्नु उचित भने होइन | हाम्रो राष्ट्रिय चाड दशैँ, तिहार, अनि अन्य पर्ब जसमा हामी पर्ब बमोजिमक फरक शैलीका गीत संगीत गुनगुनाउछौ जुन आज ”डेसपासितो” जस्ता अन्य मुलुकका संगीतले कब्जा गर्दै छ | हाम्रो दिदि बहिनि सोयम आज रातो सारी, हातभरी चुरा, सिन्दुर, पोते लगाएर होइन बुट्टा भयको कट्टु लगाएर नाच्छन तीज जस्तो ठुलो पर्बमा | मन लागेको कुरा गर्न पाइन्छ | तर समाज अनि देशको संस्कृतिमा लात हानेर होइन त्यसलाई आत्मसाथ गरेर |
एउटा जीम्बेवार नागरिक बन्ने कोसिस हरेकले आफ्नो आफ्नो ठाउँ बाट गर्नु पर्छ | तीजको बेलामा हाम्रो लोक संगीत प्रस्फुटन गर्नु हाम्रो दयित्त्वो हो | भर्खरै बिनोद ढकाल र कमला बजगाईंको “लुतो हो कि पिलो” भन्ने गीत हामी सबैलाई अबगत भयको कुरा हो | हामी यति धेरै ब्यबसायिक भएउ कि अब हाम्रो लागि गीत संगीत भनेको आयआर्जनको बाटो मात्र हुन थालेको छ | खै कहाँ गय ति मन छुने मिठा गीतहरु ? कहाँ गय ति सासु बुहारीका मार्मिक तीज गीत ?
यति धेरै ब्यबसायिकता अलि सुहायनकि ? अगाडी बढ्नु पर्छ | रामो कुरा अरुबाट पनि आत्मसाथ गर्न मिल्छ | तर, आफ्नो सभ्यताको जरा उखल्ने त्यस्तो देखासिखी नगरेकै राम्रो |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal