eNepal

भाग्यमानी बुद्द लामा

अहिलेको चर्चित रियालिटी सो नेपाल आइडल, यो साताको टप ७ को प्रस्तुति संगै थप उचाईमा पुग्न सफल भएको छ | लाखौको संख्या बाट छनोट गर्दै टप ७ सम्म आईपुग्दा झन् धेरै चर्चा बटुलिरहेका हाम्रा आइडलका सम्पूर्ण प्रतियोगीहरुको प्रस्तुति दमदार रहेको थियो | गएको साता भन्दा यो चोटीको कार्यक्रम अझ बढी रोचक र खास देखिएको थियो | नेपाली सांगीतिक क्षेत्रका नाम चलेका अनि सर्बाधिक रुचाईयका ७ जना संगीतका पारखिहरुको उपस्थिले झन् माहोल नै रमणीय बनाएको थियो |

बुद्ध लामा, निशान भट्टराई, सागर आले, प्रमिला राई, लगाएतका अन्य बाकी प्रतियोगीहरुले आफुले मन पराएका गायक गायिकाको साथमा गित गाउने सुबर्ण अवसर प्राप्त गरेका छन् | यी ७ जना सेलिब्रेटी गेस्टहरुले भने आफुले गायकीमा साथ दियका प्रतियोगीहरुको खुलेर तारिफ गर्दै भोट पनि अपिल गरेका छन् |
हरेक हप्ता “पर्फोर्मर अफ द विक” छनोट गरि यामाहा सलुटोको तर्फ़ बाट गिटार दिने चलन रहेको नेपाल आईडलको आजको गिटार भने निशान भट्टराईले जित्न सफल भएका छन् | दुइ चोटी सम्म उत्कृस्ट प्रस्तुति दिन सफल निसानलै नेपाल आइडलको सान पनि भन्ने गरेको पाईन्छ | निसान जस्तै हरेक प्रतियोगीहरुको गाएकी तारिफ योग्य थियो |

टप ७ सम्म पुग्दा हरेक प्रतिस्पर्धीले बटम ३ को स्वाद चाखी सकेका छन | तर, बुद्द लामा मात्र यस्ता प्रतिस्पर्धी हुन् जसले आज सम्म आफ्नो गाएकी र मन्द मुस्कानले हरेको मन जित्न सफल छन् | तेसैले होला उनलाई बटम ३ को अनुभब अहिले सम्म गर्नु परेको छैन | झन् यो पटकत बुद्द लामले कमल खत्री लाई साथमा लिएर , कमल खत्रीकै आवाजमा रहेको रात बित्यो बोलको गीत सुनाएर निर्णायक पक्ष देखि दर्सक सम्मलाई चकित पारेका छन् |
टप ७ भन्दा पहिले , सहज रुपमा उत्कृट प्रतियोगी चयन गरि भोट गर्दै आईरहेका हाम्रा दर्सकहरु, अहिले भने केहिहद सम्म अलमल्लमा परेका छन् | जो हेर्यो तेइ दामी लाग्ने कसलाई भोट गर्ने कसलाई नगर्ने खोई जस्ता कुराहरु समेत सुन्नमा आएको छ |
जे होस् देशमा कुना कुनामा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्नु हामी सबैको लागि खुसीको कुरा हो | नेपाल आइडल जस्ता कार्यक्रम अझ बढी आउनु पर्छ भन्ने मान्यता हामी सबैको रहेको छ |
अन्त्यमा, सहि व्यक्तिलाई छनोट गरि पहिलो नेपाल आइडल बानाउ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal