eNepal

मेल्बोर्नमा आझ कबिता कन्सर्ट हुँदै, आझै दुई छुट्टा छुट्टै ठाउँमा तीज कार्यक्रम पनि

कबिता अक्सर सुनिन्छ अनि पढिन्छ। हामीले कबिता कित पढ्यौ कि त सुन्यौ या कसैले बाचन गर्को हेर्यौ तर सङ्गीतको धुनमा कबिता बाचन गरेको सुन्दा वा हेर्दा झन् कति मन छुने हुन्छ होला। कबिता अव थिएटरमा बाचन गर्नमा मात्र सिमीत भएन अव कबिता पनि कन्सर्टमा ढालिन थाल्यो। यहि फरक सैलीलाई पहिल्याउँदै एक कवि नेपाली साहित्यीक आकाशमा आए जसको नाम हो नबराज पराजुली। उनको कबितामा कथा हुन्छ, बास्तबिकता हुन्छ अनि जिवन्त हुन्छ। उनका खोया, लोक सेवा आयोग, ह्याप्पी बर्थडे, सगरमाथाको गहिराई ज्यादैनै लोकप्रीय र पाठकहरुले औधीनै रुचाईएका कबिताहरुमा पर्छन्। उनै कवि नबराज पराजुली हाल अस्ट्रेलीयाको भ्रमणमा हुनुहुन्छ। यहि भ्रमणको सिलसिलामा हाल वहाँ मेलेबोर्नमा रहनु भएको छ। आज दिउँसो २ बजे देखी ४ बजे सम्म मेल्बोर्नको थोर्नबरी थिएटरमा एक कार्यक्रमका बिच उहाँले आफ्नो साहित्य यात्रासँगसँगै आफ्नो मिठा मिठा पुराना तथा नयाँ कृतीहरु सुनाउनु हुनेछ। उहाँलाई सम्यक महर्जन, सुभेक्क्षा प्रधान र चेत पुनले साथ दिदै हुनुहुन्छ।

साहित्य सङ्गीत जमघटको पहलमा नेप्लीज एसोशियसन अफ भिक्टोरीया (न्याभ) को प्रस्तुती रहेको सो कार्यक्रमलाई सोलाङ्चर ईभेन्ट कम्पनीले ब्यबस्थापन गर्दैछ। एनआरएनए, कन्सुलेटको कार्यलय भिक्टोरीया, बुद्ध ट्राभल एण्ड टुर्स र मेल्बोर्न चौतारीको सहयोग रहेको छ।

हिन्दु नारीहरुको महान चाड हरितालीका तीज आजकाल नेपालमा मात्रै नभएर बिदेश तिर धुम्धाम लाग्न थालेको छ। अझ महिनौ देखी कार्यक्रमहरुको लहरनै चल्न थालेको छ।यसै बर्ष मेल्बोर्नमा मात्रै छ भन्दा बढी तीजका कार्यक्रमहरु हुने लगभग पक्का भएको छ। गएको हप्ता नेप्ले ईभेन्ट्सले आयोजना गरेको नेप्ले तीज बिशेष पछि भोली नेप्को ईन्टरटेन्मेन्ट्सले नेपाली ख्याती प्राप्त लोकगायक खुमन अधिकारीको साथ गायीका रमीला न्यैपाने, देवी घर्ती, उमा गिरी रमीला न्यौपानेको साथमा अहिले चलेकी नायीका बर्षा राउतको साथमा तीज मेला २०७४ आयोजना गर्दै।मेल्बोर्नको ईस्टोनियन हाउसमा अपरान्ह ५ बजेबाट शुभारम्भ हुने सो कार्यक्रमलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको हो।

त्यस्तै गरेर मेल्बोर्नमा बस्ने पश्चिम नेपाली समाज एमएनसी वेस्टले नेप्लीज एसोशियसन अफ विन्ड्मसँग सँयुक्त रुपमा मिलेर मेल्बोर्न तीज २०१७आयोजना गर्न लागेको छ। सो कार्यक्रम सेन्ट्रल पार्क सामुदायीक केन्द्र होपर क्रसीङमा आयोजना हुँदैछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal