eNepal

महानायकको दाबेदार को हो ?

राजेश हमाल नेपाली चलचित्र जगत मा एउटा ख्यातिप्राप्त नाम हो | हिमाल, पहाड , तराईका सर्बसाधारणहरुमा बालक देखि बृद्द सम्मका रोजाईमा पर्न सफल उनलाई बिबिध नामले चिन्ने गरिन्छ जसमध्य ‘राजेश दाई,’ ‘संखर’ पनि पर्छन | १९८५ मा फ्यासन नेट र इन्डियन म्यागजिनबाट मोडलिंग गरेका उनको फिल्मी जीवनको सुरुवात भने युग देखि युग सम्म (१९८८) बाट सुरु भयो | अंग्रेजी लिटरेचरमा मास्टर डिग्री हासिल गरेका उनि नेपालको धेरै पढ्ने सेलिब्रेटि मध्येका एक हुन | १९८८ – २०१४ सम्म लगातार ११८ ओटा राष्ट्रिय फिल्म अवार्ड जित्न सफल उहा नेपालको महानायक हुनुहुन्छ |
चाख लाग्दो कुरा के छ भने राजेश दाई दर्सकहरुको रोजाईमा मात्र होइन कलाकारहरुमा पनि उतिकै लोकप्रिय हुनुहुन्छ | तर हिजो आज कोहि कोहि कलाकार हरुको झुकाब भने अर्का अभिनेता भूवन केसी तर्फ़ बढी पायिएको छ | आजकल सिने नगरीका अन्य केहि कलाकारहरुले राजेश हमाललाई दिइयको उक्त महानायकको टाइटल प्रति असन्तुस्टी प्रकट गरेका छन | उनिहरु भन्छन ,महानायक राजेश हमाल होइन भूवन केसी हुनु पर्ने हो |
हुनत भुवन केसी राजेश दाई लाई टक्कर दिने अर्को नाम हो | उनले नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान दियका छन् | नेपाली बाबु , करोडपति जस्ता हिट सिनेमा दिएर दर्सकको मन मस्तिस्कमा फीट भएका उनको शैक्षिक योग्यता भने महानायक राजेश दाईको जति छैन | भूवन केसीको नामको चर्चा सुरुवाती दिन देखि आज सम्मनि ओझेलमा परेको छैन | बिसेसगरि उनलाई दर्सकहरुले युवती ढुकढुकी भन्ने गरेको पाइन्छ | सबै दर्सकको मनमा बस्ने यी भूवन केसीको फिल्मी जीवन सफल भएपनि बैबाहिक जीवन त्यति सफल मानिदैन | दुइ जोईको पोई कुना पसि रोई भने जस्तै भूवनका हाल कुनैपनि श्रीमती उहा संग छैनन् |
राजेश हमालको बैबाहिक जीवनको कुरा गर्नुपर्दा उनि हेर्दा निकै खुसि अनि सुखी देखिन्छन | टिभी प्रस्तोता समेत रहेका उहा प्रस्ट बक्तापनि हुनुहुन्छ | झट्ट हेर्दा कमिकमजोरी औलाऊन कठिन लाग्छ उनीमा | तेसैले हाम्रो दर्सकहरु भन्नु हुन्छ भन्नेले जेसुकै भनोस हाम्रो महानायक राजेश हमाल बाहेक अरु हुन सक्दैनन् | उता नायिका रेखा थापा देखि धिरेन साक्य सम्मले भूवनलाई नै महानायक मान्दै आएका छन् |
आखिर के कुराको आपति रेखा र धिरेन लै ? यो व्यक्तिगत खिचातानी हो या अरु नै केई ? नत्र के को आधारमा उनीहरुले महानायकको दाबेदार छुटाए ? आखिर केके हुन् महानायकमा हुनुपर्ने गुणहरु ?
अन्त्यमा दर्सकहरु भन्छन भूवन केसी हेर्दा सुन्दर अभिनेता हुन् तेसैले प्राय युवती रोजाईमा पर्न सफल छन् | तर यदि सुन्दरताकै आधारमा महानायक चुनिने भय कलिवुडको रानी भनेर दर्सकले रेखा थापालाई होइन करिश्मा मानन्धरलाई भन्नु पर्छ |
अब बुझौ को हो महानायकको दाबेदार ?

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal