eNepal

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक भएको छ ।
चर्चित गीतहरु हिरो, लैलै राजकुमारीका गायक तथा बहुचर्चित गीत ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ का रचनाकार मानस राज मेलबर्न आइपुगेको अबसर परेकोले उक्त गीतको यसरी काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक गरिएको हो । मेलबर्नबाट लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले भिडियोको बटन दबाएर उपस्थित सबैका सामू स्क्रिनमा सार्वजनिक गरेका थिए ।
म्युजिक भिडियोको सिनेमाटोग्राफी नवराज उप्रेतीले र कोरियोग्राफी र निर्देशन सरोज अधिकारीले गरेका छन । मिलन कटवालको प्रडक्सन्समा तयार गरिएको यस गीतको एरेन्जरमा उदय राज पौडेल, मिक्सिङमा नरेन्द्र बियोगी र लिरिक्स र संगित मानस राजको छ र यस्लाई संपादन गरेका छन सुरोज अधिकारीले । अन्य कलाकारहरुमा संगिता बस्याल, पेम्बा मगर, बिजया अधिकारी, सौरब ढकाल, अस्मिता खनाल छन ।
एनआरएनए भिक्टोरियाका सचिब शसेन्द्र गौतम, दिदी-बहिनी समाज भिक्टोरियाकी प्रभा श्रेष्ठ र रोयल वेस्टर्न क्लबका अध्यक्ष रोशन दाहालद्धारा मन्तब्य राखिएको उक्त कार्यक्रममा अभियानका विस्व संयोजक श्रेष्ठले अभियानले प्राप्त गरेका राष्ट्रिय अन्तरास्ट्रिय महत्वका उपलब्धीहरुको फेयरिस्त पेश गर्दै राष्ट्रिय तथा अन्तरास्ट्रिय सेलिब्रिटीहरुलाई सम्मान स्वरुप अभियानको बिभिन्न किसिमका दूतको रुपमा नियुक्त गर्ने गरेका कारण अनुशासन र राष्ट्रियताको पहरेदारको रुपमा चिनिने कला क्षेत्रका एक सदस्य चर्चित गायक मानस राजलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको घोषणा गर्दै सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाणपत्र प्रदान गरे । गायक मानस राजले अभियानको यसरी सांस्कृतिक दूत नियुक्त हुन पाएकोमा गौरावान्वित भएको भन्दै आभियानप्रति आभार ब्यक्त गरे ।
एनआरएनए आइसिसिका सदस्य नारायण कटुवाल, ८० बर्षकी दिलमाया श्रेष्ठ (कान्छी), रोयल वेस्टर्न क्लबका सचिब तेज कार्की आदिको उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन साहित्यकार सुशिल चालिसेले गरेका थिए भने उपस्थित सबैको लागि खानपानको लागि ब्यबस्था किरण मास्केले गरेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal