भिक्टोरीया राज्यको मेल्बर्न राज्यमा एभरेस्ट युनाइटेड क्लबको आयोजनामा सिएरा एभरेस्ट कप आयोजना हुने भएको छ।
मेल्बर्नमा रहेका १० क्लबहरु एभरेस्ट युनाइटेड क्लब, हिमालयन फुटबल क्लब, यती फुटबल क्लब, रोयल वेस्टर्न क्लब, फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीया, क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लब, इस्टर्न वेरियर्स, हिमाल बोइज फुटबल क्लव र अलामान्डा फुटबल क्लब र युनाइटेड एफसीले प्रतीस्पर्धा गर्ने भएका छन्।
आगामी २३ र २४ सेप्टेम्बर बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म Alcock Road Reserve, Truganina मा हुने प्रतियोगीतामा खुल्ला समुह, ३५ बर्ष माथी उमेर समुह, किड सकर, मार्बल रेस, लव रनका साथै म्युजिकल बल्स रहने क्लबका सदस्य राजन मास्के र शैलेश बैधले बताए।यसपाली सिएरा कप २०२३ को साथमा सिएरा वाइज कप २०२३ र सिएरा योङ्ग गन्स कप २०२३ पनि प्रदान गरिने जानकारी गराए।
यस प्रतीयोगितालाई सिएरा होम्सले मुख्य प्रायोजन गरेको छ भने ग्रेस ईन्टर्नेश्नल , स्टाईल लाईन हाउस, एलिएन्स स्टेट एजेन्ट्स र क्रेडीट हवको सहयोग रहेको छ।
सिएरा होमले बिगत १३ वर्षदेखि घर तथा भवन सम्बन्धित व्यावसायिक सेवा प्रदान गर्दै आएको छ।

