eNepal

ग्रेटर सेफाटन नेप्लिज कम्युनिटीले रास्ट्रिय कलाकारका साथमा भव्य तीज कार्यक्रम गर्दै

अष्ट्रेलियाको मेलवर्न राज्यको सेफाटनमा ग्रेटर सेफाटन नेप्लिज कम्युनिटीले नेपालका रास्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा ”सेफाटन तीज महत्सव आयोजना गर्ने भएको छ।नेपाली नारीहरूको महान पर्व नारीत्व, संस्कृति र एकताको उत्सव  हरीतालीका तीजको अबसरमा आयोजित कार्यक्रम सेप्टेम्बर १४ मा सेफाटनको जिभी होटेलमा साँझ ५ बजे देखी १० बजे सम्म हुने भएको हो ।

चर्चित लोक तथा द‍ोहोरी गायक खेम सेञ्चुरी , गायिका शान्तिश्री परियार , सुनिता बुढा क्षेत्री र मोडल सरिता दानकुटीको धमाकेदार प्रस्तुति रहने कार्यक्रममा सम्पुर्ण सेफाटन लगाएत सेफाटन आसपास बस्नु हुने नेपाली समुदाएलाई कार्यक्रममा सहभागी जनाउन हुन सँस्थाका सचीव एवम् कार्यक्रम संयोजक विशालजङ् कुँवरले अनुरोध गर्नु भएको छ। नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रमले निरन्तरता पाउँदै गएको छ।

https://www.facebook.com/100085818032750/posts/pfbid02VLVRjf4tJbNQdyx8A2x8TdJ35cC1dSiPDrxd2jRMckBfvKdHq8nyjWLCxQ6wHmvbl/?mibextid=I6gGtw

यस कार्यक्रमलाई ग्रेटर शेपार्टन सिटी काउन्सिलले सहयोग गरेको छ भने ह्याप होम्स मोर्गोज ब्रोकरले मुख्य प्रायोजन गरेको छ।

अक्टोबर २०२२ मा स्थापना भएको ग्रेटर शेपार्टन नेपाली समुदाय नेपाली संस्कृतिको संरक्षण गर्न र ग्रेटर शेपार्टन क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका मानिसहरूबीच एकता कायम गर्न समाजले हरेक बर्ष बिभीन्न साँस्कृतिक एवम् मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ।

हाल सेफाटनमा करिव ३०० भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal