eNepal

मेल्बर्नको टार्नेटमा तीन किशोरमाथि हमला, दुईजनालाई छुरा प्रहार

मेल्बर्नको पश्चिममा साथीहरूसँग बास्केटबल खेल्ने क्रममा आफ्नो १६औँ जन्मदिन मनाइरहेका १६ वर्षीय युवालाई विनाकारण छुरा प्रहार गरिएको छ ।

रायन सिंह र उनका दुई साथीलाई बिहीबार साँझ हतियारसहितको गिरोहले अकस्मात आक्रमण गरेको थियो।

१० कक्षामा अध्ययनरत् ति विद्यार्थी र दुई साथीहरू टार्नेइटमा बास्केटबल खेल्दै थिए गरेको अवस्थामा सो घटना घटेको थियो।

https://7news.com.au/news/vic/three-teens-ambushed-two-stabbed-in-random-attack-in-tarneit-melbourne–c-11419423

सात आठ जनाको समुहमा आएको समूहले तीनै जनामाथि आक्रमण गरेका थिए। आफुसँग भएको मोबाइल फोनका साथै  रयानसँग भएको नाइके एयर जोर्डनको जुत्ता माग्दै आक्रमण गरेका थिए।उनीहरुको करङ, पाखुरा, हात र पछाडि र टाउकोको पछाडि प्रहार गरिएको थियो।

यो घटना पछि मेल्बर्नको नेपाली समुदाय तरङ्गीत बनेको छ। तिनजना मध्यका रायन नेपाली समुदाए भित्र पर्दछन्।

घटना पछि एक बिज्ञप्ती जाहेर गर्दै रायनका बुवा राजीवले समुदाएलाई यो घटनाबारे सम्बेदनशील हुन आग्रह समेत गरेका छन्। उनले गत २७ जुलाईमा भएको घटनाले आफु लगाएत आफ्नो परिवार बिक्षिप्त भएको बताउँदै सबै नेपाली साथीभाइ र परिवारजनलाई यस्तो गम्भीर बिषयमा समुदाएबाट सबैले आवाज उठाउन र अष्ट्रेलिया सरकारलाई यस कार्यको विरुद्ध कडा कारबाही गर्न र कानून व्यवस्थामा कडा परिवर्तन गर्न आग्रह गरेका छन्। आज हामी अपराधको सिकार भयौं भोली जो कोहीलाई पनि यस्तो घट्ना पर्न सक्छ। बेलैमा सबै सजग भएर आवाज उठाउन अनुरोध गरेका छन्।

https://www.police.vic.gov.au/man-charged-after-tarneit-stabbing

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal