गत जुलाई १ तारिक शनिवारका दिन साउथ अस्ट्रेलियाको सहर एडिलेड स्थित वेस्ट लेक (West lake ) को सामुदायिक भवनमा इन्क्रेडिबली प्यूर (Incredibly Pure) कम्पनी द्वारा पानीसुद्धीकरण गर्ने वाटर प्युरीफायर ( Water purifier) को समुद्धघाटन भब्यताका साथ नेपाली समुदायबिच गरेको छ l उक्तकार्यक्रमको समुद्धघाटन साउथ अस्ट्रेलियाका लागि बाणिज्य दुत श्री दिपक धमलाज्यूले गर्नु भएको थियो I
इन्क्रेडिबली प्यूरले ग्राहक को आबस्यकता लाइ मध्ये नजर गर्दै अत्यन्त आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचरभएको अन्डर सिन्क(Under Sink) र बेन्च टप ( bench Top ) गरी दुई प्रकारका प्रोडक्ट लाई अधिकारीक रुपमा अस्ट्रेलियाको बजारमा ल्याएको छ l आफुलाई चाहिने प्रोडक्ट कम्पनीको वेभसाईट
https://www.incrediblypure.com.au मार्फत किन्न
सकिने छ l बेन्चटप प्युरीफायरको बिषेशता (पानि को मात्रा, तापक्रम को छनौट गर्न सकिने, धारा को पाइपमा जोड्न नपर्ने ) र लोभ लाग्दो डिजाइन ले गर्दा धेरै ग्राहकहरुको आँखालाई लोभ्याउन सफल भएको छ । संसार कै अत्यन्त उन्नत प्रयोग तथा तीन चरणमापानी लाई सुद्धीकरण गर्ने प्रविधी ( Three Stage Filtration systems) जडान गरिएको छ। रुम टेम्परेचर ( Room Temperature ) देखी तुरुन्त तीन सेकेन्ड भित्र १०० डिग्री सम्ममा पानी पिउँन सकिने छ I टच स्क्रीन बिशेषता सहित वाटरप्युरिफायरमा फिल्टरले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले (Indicator ) कुन फिल्टर काम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नकोलागि जनाउ दिने छ र सजिलै आफैले फिल्टर (कार्ट्रिज ) फेर्न सकिने छ । इन्डिकेटरले गर्दा ग्राहक ढुक्क भएर पानी उपभोग गर्नसक्छन। सानो परिवार तथा भाडामा वस्ने ग्राहकको लागि सारै उपयुक्त हुने उक्त मोडेल सजिलै बोकेर जता पनि लग्न सकिने आदियसका प्रमुख बिशेषताहरु हुन l

आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचरअन्डर सिन्क (Under Sink) प्युरीफायर किचेन को सिंक को धाराको तल जडान गर्न सकिने छ। सानो चिटिक परेको र थोरै ठाउँ ओगटने यो प्युरीफायरमा पनि अत्यन्त उन्नत प्रबिधी को ( Three Stage Filtration systems) जडान गरिएको छ। यस वाटर प्युरिफायर ले पनि यसको फिल्टर ले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले (Indicator ) कुन फिल्टरकाम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नको लागि जनाउ दिने छ र सजिलै आफैले फिल्टर (कार्ट्रिज ) फेर्न सकिने छ । फिल्टरइन्डिकेटरले गर्दा ग्राहक ढुक्क भएर पानीको उपभोग गर्न सक्छन।

अस्ट्रेलीयाको सरकार ले धाराको पानीमा क्लोरीनको मात्रा अधिकतम ५००० माइक्रो ग्राम प्रति लिटर र क्लोरिन तथा कोरामाईनकोबाई प्रोडक्टको रुपमा रहेको ट्राईहालो मिथेन (tri-halo methane ), जुन क्यान्सर जन्य पदार्थ को रुप मा लिइन्छ त्यसको मात्राअधिकतम २५० माइक्रो ग्राम प्रति लिटर को मापन तोकेको छ, जुन अमेरीका र युरोप भन्दा निकै बढि हो l क्लोरिन तथा कोरामाईनहानिकारक र क्क्यान्सर गराउँने केमिकल अर्थात कार्सिनोजेनिक ( carcinogenic ) पदार्थ रहेको हुँदा धाराको पानि निरन्तर पिउँदायस बाट स्वास्थ मा प्रतिकुल असर पर्ने र क्यान्सर जस्तो रोग हुँने सम्भावन लाइ नकार्न सकिन्न l अधिक क्लोरिनयुक्त पानी पिउँदायसले स्वास्थमा धेरै प्रकारका नकरात्मक असरहरु पुऱ्याउँन सक्दछ l क्लोरिनको असरले गर्भवती महिलामा रहेको बच्चाको प्रिम्याचुअरबर्थ , मानसिक विकासमा असर तथा बच्चाको तौल मा समेत असर गर्दछ l पेटमा रहेको गुड बयाक्ट्रेरीया लाई मार्नुका साथै पाचनक्रियाप्रणाली लाईनै असर पुर्याउँदछ l हालै को तथ्यांक ले अस्ट्रेलया लगायत धेरै देश हरुमा कोलोन क्यान्सरको मात्रा बढि रहेको देखिएकोछ l खेलाडी , बाल- बच्चा तथा बृद्ध -बृद्धाहरु लाई समेत क्लोरिनयुक्त पानीले प्रतिकुल असर पुऱ्याउँदछ l अधिक क्लोरिन भएकोपानी पिउँदा हाम्रो शरिरको कोमल अंग र टिस्यु लाई क्ष्यति पुऱ्याउँन सक्दछ l
बजारमा अनेकौं प्रकारका फिल्टर तथा वाटर पिउरीफायर भएता पनि कुनै अधिक मुल्य पर्ने र धेरै जसो सस्तो मुल्यका वाटरफिल्टरहरुले आंशिकरूपमा मात्रै केमिकल छान्ने हुँदा Incredibly Pure ले प्राय सम्पूर्ण हानिकारक जैबिक तथा केमिकल रसायन , कलोरीन, ब्याक्टेरिया , रङ आदि ९९.९% छान्ने र रोक्ने क्षमता राख्दछ l
टोकियो यूनिवर्सिटी वाट बिधावरिधी (PHD) गर्नु भएका वाताबरणबिद डा. रुपक अर्याल (जो खाने पानि बिशेसज्ञ को रुप माअस्ट्रेलिया मा लामो समय देखि कार्यरत हुनु हुन्छ ) द्वारा डिजाइन गरिएको हो l उँहा यस कम्पनी ( Incredibly Pure) काम्यानेजिङग डिरेक्टर पनि हुनुहन्छ l लामो समयको सोध तथा अनुसन्धान, बैज्ञानिक तथ्यांक को आधारमा अस्ट्रेलिया को पिउँनेपानीको प्रकृति र पानीमा रहेको जैबिक तथा रसायनिक पदार्थकोरुको असर रोक्न को लागि यस कम्पनी द्वारा सर्वसुलभ तथा सुपथमुल्यमा आधुनिक प्रबिधिको वाटर प्युरीफायर बिक्रिमा ल्याएको हो l यस कम्पनीका मुख्य संचालक डा. रुपक अर्याल तथा रामचन्द्रथापा हुनुहुन्छ l यस Incredibly Pure प्रा.ली कम्पनि ले अस्ट्रेलिया तथा न्युजिल्याण्ड को बजारमा आफ्नो प्रोडक्ट लाई बिक्रीबितरण गर्ने योजना र तयारी गरेको छ l

