eNepal

रोयल वेस्टर्न क्लवले बाजी मार्यो तेस्रो न्याभ मल्टीकल्चरल फुटबल प्रतियोगिताको उपाधी

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न क्लबसँगको सहकार्यमा आयोजना गरेको तेश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिताको उपाधी रोयल वेस्टर्न क्लबले हात पारेको छ।

प्रतियोगिताको फाइनल खेलमा हिमालयन टाईगर्स एफसीलाई ३-१ को गोल अन्तरले हराउँदै रोयल वेस्टर्न क्लवले उपाधि उचालेको हो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रोयल वेस्टर्नका रोहित कार्की चुनिए । त्यस्तै प्रतियोगिताभरि समान ४–४ गोल गरेका रोयल वेस्टर्नका रबी थिंग, हिमालयन टाईगर्सका श्रृजन भण्डारी र सुडान एफसीका अब्दुला हमाद संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने ।

त्यसैगरी प्रतियोगिताको अनुशासित टिम थण्डर ड्रेगन एफसी चुनीयो भने प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजेता टोली रोयल वेस्टर्नका अमिर श्रेष्ठ घोषित भए ।

खेलाडीहरुलाई अवार्ड ट्रफी र प्रमाण पत्र न्याभका अध्यक्ष अध्यक्ष प्रेमराज उप्रेती, वेस्टर्न मेट्रोपोलीटियनका सांसद एवम्  बहुसांस्कृतिक मामिलाका लागि स्याडो संसदीय सचिव ट्रुङ लुउ , विशेष अतिथि भिक्टोरियन बहुसांस्कृतिक आयोगका डेपुटी च्यरमेन Bwe Thay, रोयल वेस्ट्रन क्लबका उपाध्यक्ष द्वय रोशन दाहाल र निर्मला शर्मा, अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी भट्टराई ब्राइटन कलेज का प्रबन्ध निर्देशक अमरराज आचार्य, एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजका प्रबन्ध निर्देशक बसन्त पोखरेल र मणि रतन सापकोटाले बितरण गर्नु भएको थियो। कार्यक्रमको संचालन न्याभका सचिव माधव खरेलले गरेका थिए।

ब्राईटन कलेज र एक्सपर्ट एजुकेशनको विशेष प्रायोजन र सहयोग रहेको प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए। बहुसांस्कृतिक फुटबल प्रतियोगिता मार्फत CALD समुदायहरू बीच शान्ति सद्भाव र एकता प्रवर्द्धन गर्न न्याभले आयोजना गर्दै आएको यस प्रतियोगीतालाई समुदाएमा बिशेष महत्वका हेर्ने गरिन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal