eNepal

भिक्टोरीयामा चौथो एनआरएनए युथ कप टेबल टेनीस प्रतियोगीता सम्पन्न

अष्ट्रेलियाको भिक्टोरियामा एनआरएनए युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया युथ फोरम तथा एससीसी भिक्टोरियाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो। एनआरएनए भिक्टोरियाले आयोजना गर्दै आएको टेबल टेनिस  प्रतियोगिताको यो चौंथो सिजन हो। 

पुरुष, महिला, बालबालिका सबैका लागि सहभागीमूलक बनाइएको यो प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, १५ वर्ष मुनिका बालक, १५ वर्ष मुनिका बालिका र ३५ वर्ष उमेर माथि गरी समूहहरु छुट्टाइएको थियो।

प्रतियोगिताको अन्डर १५ गर्ल्स रनर अपको उपाधी प्रसस्ती पोखरेलले हात पारीन भने अन्डर १५ गर्ल्स विजेता सभाना खनिया भईन्। त्यस्तै पुरुष अणडर १५  रनर अप: कुञ्जन भए भने पुरुष अन्डर १५ को बिजेता सोहम धिताल बन्न सफल भए।

महिला ओपन रनर अप कृपा लामा भईन भने महिला खुल्ला विजेताको उपाधी सुरभी थापाले हात पारीन्।पुरुष भेट्रानको रनर अप रमन घिमिरे भए भने पुरुष भेट्रान विजेता विजय रेग्मी भए।पुरुष ओपन रनर अप सुजन थापाले हात पारे भने पुरुष खुल्ला विजेताको उपाधी पियुष अवलले जित्न सफल भए।

मेल्बर्न पश्चिम सनसाईन वेस्टमा रहेको  स्थानीय कोबर्ग टेनिस क्लबमा मध्यान्न १२ बजेदेखि प्रतियोगिता भएको थियो। यस प्रतियोगितालाई नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले समेत सहकार्य गरेको छ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक डाँफे कन्सल्टिङ एजुकेसन एण्ड माईग्रेसन रहेको थियो।

महिला एवं बालबालिका सहित बिशेषतः नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समुदायमा अझ बढी घुलमिल गर्दै लाने योजनाका साथ उक्त प्रतियोगिता आयोजना गरिएको एनआरएनए स्टुडेन्ट काउन्सीलका सचिव सिद श्रेष्ठले जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal