उच्च शिक्षा अध्ययनको क्रममा मेल्बर्नमा बस्दै आएकी एलीशा लिम्बुलाई स्टेज ३ ओभेरियन क्यान्सर देखा परेको छ।
२४ फेब्रुअरी २०२३ देखी एपवर्थ अस्पताल, बक्स हिल, मेलबर्नमा भर्ना भएर केमोथेरापी गर्दै आएकी एलीशाको थप उपचारको लागि उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ ।
उपचारको क्रममा केहि खर्च इंस्युरेन्स कम्पनीबाट कवर हुने भएता पनि अन्य खर्च जस्तै औषधि, सीटी स्क्यान, रक्त परीक्षण र आंशिक केमोथेरापीको खर्च बिन कम्पनीले कभर नगरिने भएकाले उहाँलाई थप आर्थिक सहयोग जरुरत परेकोले सम्पूर्ण नेपालीहरुलाई सानो सहयोगको लागि अनुरोध गरिएको छ।
यसका साथै डाक्टरले उनलाई आगामी दश महिनासम्म आराम गर्न सल्लाह दिएका छन्।
अलिशाको मेडिकल बिलहरू कभर गर्न र उनको पढाइ पुनः सुरु गर्नका साथै सामान्य जीवनमा फर्कन तपाईहरुको सहयोगको एकदम खाँचो रहेको छ।
सहयोग गर्न इच्छुक ब्यक्तिहरुले तल उल्लेखित लिन्कमा क्लिक गरी सहयोग गर्न सकिनेछ।
https://www.gofundme.com/f/6nzbdp-please-help-alisha-limbu-fight-ovarian-cancer

