eNepal

मेल्बर्नमा मानसिक स्वास्थ्य प्राथमिक उपचार सम्बन्धी दुई दिने निशुल्क तालीम हुँदै

अस्ट्रेलीया नेपाल पव्लीक लिङ्क (एएनपीएल) हरेक बर्ष आयोजना गर्दै आएको मानसिक स्वास्थ्य प्राथमिक उपचार सम्बन्धी दुई दिने निशुल्क तालिम यो बर्ष पनि आयोजना गर्ने भएको छ।

मेरी- बेक सिटी काउन्सिलको सहयोगमा आयोजना दुई दिने तालिम आगामी १२ र १३ नोभेम्बरका दिन Corpus Christi Primary School ग्लेनरोयमा बिहान ८ः३० बाट साँझ ५ बजे सम्म जम्मा १२ घण्टाको हुने छ।

बिशेष गरेर अन्तररास्ट्रिय नेपाली बिधार्थीहरुलाई लक्ष्क्षित गरेर ल्याईएको यस तालिमबाट बिगतमा धेरै मात्रामा बिधार्थी भाईबहिनीहरुले लाभान्वित लिई सकेका छन्।संस्थाका पूर्व अध्यक्ष एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालले तालीम दिदै आउनु भएको छ। 

एएनपीएलले मानसिक स्वास्थ्यका अतिरिक्त नेपाली समुदायका लागि धेरै सान्दर्भिक र अत्यावश्यकीय बिभीन्न नयाँ कार्यक्रम ल्याइरहेको छ।

सन् २०१४ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना जस्ता बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSc15VOYyfj-ugeuulIjkZp6odcQx61dV8WAlmXiDAc2_lknLg/viewform?vc=0&c=0&w=1&flr=0&fbclid=IwAR1S_-NzTCWYGSZqflM6knhdMsfTn6QCJ4miIXHGGXmhBG0-1aGfirJ46pM

यदि तपाई या अरु कसैलाई तत्काल  सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

Lifeline: 131114

Kids Helpline: 1800551800

Mensline Australia: 1300 7899 978

Sucide call Back serive: 1300 659 467

Beyound Blue: 1300 22 4636

Headspace: 1800650890

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal