eNepal

एकै महिनामा लगातार तिन प्रतियोगिता जित्दै मेल्बर्नको यती एफसीले रच्यो अर्को ईतिहाँस

गएको सप्तान्तह माछापुच्छ्रे फुटवल क्लवले आयोजना गरेको एमएफसी भिडीए कप २०२२ जित हाँसील गर्दै मेल्बर्नको यती फुटवल क्लवले एकै महिनामा लगातार तिन प्रतियोगीता जित्दै नयाँ इतिहाँस रच्न सफल भएको छ।

सेन्ट जोर्ज नेप्लिज क्लवसँगको अत्यन्त रोमाण्चक प्रतिस्पर्धामा सेन्ट जोर्ज नेप्लिज क्लवलाई शून्यका बिरुद्ध एक गोल गर्दै यती एफसीले लगातार तिन प्रतियोगीता जितेर नयाँ क्रितीमान कायम गरेको हो।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर एलन न्यौपाने, प्लेयर अफ दि टुर्नामेन्ट सुमन लामा घिसिङ र सेमिफाइनल र फाइनलका आशिष लामा म्यान अफ द म्याच घोषित भए।

दुई हप्ता अगाडी मात्र रोयल वेस्टर्न क्लबको आयोजनामा भएको  “एक्स्पर्ट कप २०२२” सकर टुर्नामेण्ट प्रतियोगिताको अत्यन्त रोमाण्चक फाईनल खेलमा युनाईटेड एफसीलाई एक गोलले हराउँदै यती फुटबव क्लवले पहिलो एक्सपर्ट कप चुम्न सफल भएको थियो। यती एफसीका तर्फबाट एन्जल भट्टराईले एक गोल हान्न सफल भए जुन गोलनै प्रतियोगिताको निर्णायक गोल बन्न सफल भएको थियो।

त्यस्तै दसैंको अवसर पारेर एडिलेड खुकुरी क्लबले बिगत एक दशकदेखि आयोजना गर्दै आएको दसैं कपको उपाधि पनि यती फुटबल क्लबले नै हात पारेको थियो। दक्षिणी अस्ट्रेलियामा दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा यती फुटबल क्लबले  मेलबर्नकै रोयल वेस्टर्न क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal