eNepal

मेल्बर्नको नेपाली सामुदायीक केन्द्रलाई भिक्टोरीया राज्य सरकारबाट तिनलाख नौ हजार डलर सहयोग

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC)ले नेपाली सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौध्द गुम्बा सहित बिभिन्न प्रयोजनको लागि डिगर्स रेस्टमा खरिद गरेको १०० डण्कन्स लेनको १५ एकड जग्गालाई भिक्टोरीया राज्य सरकारको ईन्फ्रास्ट्रक्चर ग्रान्ट अन्तर्गत ३ लाख ९ हजार डलर सहयोग प्राप्त भएको छ।

गएको शनिबार भर्चुअल पत्रकार सम्मेलन मार्फत उक्त खबरको जानकारी गराईएको थियो।

संस्थाका अध्यक्ष राजेश आचार्यले पछिल्लो प्रगतिबारे जानकारी गराउँदै पहिलो चरणमा अस्थाई सँरचनाको लागि प्ररारम्भिक लागत  ५ लाख छाठी हजार डलर लाग्ने र प्राम्भिक लागतलाई मध्यनजर गर्दै त्यसको पचास प्रतिसत २ लाख ८१ हजार हामीले ग्रान्टको लागि एप्लाई गरेको थियौं र सोही अनुरुपको ग्रान्ट आएको बताउनु भयो।

ग्रान्ट एप्लाई गर्दै गर्दा बाँकी रहेको पचास प्रतिशत हामी समुदाएबाट जुटाउने र सँस्थासँग हाल भएको बैंक ब्यालेन्सको प्रमाणका साथै सँस्थासँग रहेको एकाउण्ट रिसीएभलको प्रमाण पनि पेश गरिएको जानकारी गराउनु भयो। चन्दा दाता र सदस्यहरुबाट उठ्न बाँकी रकम पनि यथासिघ्र सहयोग गरेर यो परियोजनालाई सफल पार्दिन समुदाएसँग अनुरोध गर्नु भयो।

हाल समुदाए केन्द्रको जग्गा परिसरमा आवासीय भवन रहेको र त्यसलाई रुपमा पब्लिक बिल्डिंगमा रुपाण्तरण गर्नुपर्नेछ । साथै अवको ६ महिनाको अवधि भित्र यो काम सकाएर त्यसको रिपोर्ट पनि पठाउनुपर्ने जानकारी गराउनु भयो ।

भिक्टोरीयाको नेपाली समुदाएको लागि एक ऐतिहाँसीक उपलव्धी भन्दै सम्पुर्ण सँस्थाका आजिवनसदस्यहरु, दाताहरु, न्याभ, एनआरएन, कन्सुलेट, दिदीबहिनी समाज भिक्टोरीया, मधेशी कम्युनिटी भिक्टोरिया, एनपिएल, फेन्कालगाएतका बिभीन्न सँघसँस्थाहरुले दिनु भएको सपोर्ट लेटरको लागि धन्यबाद व्यक्त गर्नु भयो।

पत्रकार सम्मेलनको पूर्ण भिडीयोको लागि यहाँ क्लिक गर्नु होला
https://fb.watch/glDLkJx5-c/

ग्रान्ट कमिटीमा एनएमसीका सचीव गणेश अधिकारी, डा. अनुपम पोखरेल, डा. जमुना पराजुली र कोषाध्यक्ष अर्जुन ढकाल लगाएतको  टोली रहनु भएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका सचिव एवं अनुदान कमिटी संयोजक गणेश अधिकारीले यो कुनै व्यक्ति बिशेषको प्रयासले नभएर सबैको प्रयासले टिमको ईफोर्टले सफल भएको बताउनु भयो । अरु कम्युनिटीले ग्रान्ट पाइरहेका छन् । हामीले किन नपाउने ? हामीले झन यति धेरै गतिविधि गरेका छौं यतिधेरै अगाडि बढिसकेका छौं भने हामीले पनि यसका प्रावधानहरु पूरा गर्नेछौं भनेर नै लागेका थियौं जसको कारण यो सफल भएको धारणा व्यक्त गर्नु भयो।

पत्रकार सम्मेलनमा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु उपस्थित रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal