eNepal

मेल्बर्नमा पहिलो पटक अथर गन उर्फ दिवेश पोख्रेलले साङ्गितीक प्रस्तुती दिदै

नेपाली मुलका दिवेश पोखरेल उर्फ अथर गन अस्ट्रेलीयाको मेलबोर्नमा पहिलो पटक साङ्गितीक प्रस्तुती दिने भएका छन्। सन् २०२० मा अमेरिकन आइडलको उपविजेताको रूपमा चर्चामा आएका अथर्गनने अस्ट्रेलीया टुरको पहिलो सो मेलबर्नबाट आगामी ६ नोभेम्बरमा शुभारम्भ गर्नेछन्।

कार्यक्रममा भ्वाइस अफ नेपाल २०१८ का फाइनलीस्ट कुशल आचार्यको बेजोड प्रस्तुती रहनेछ भने भ्वाइस अफ नेपाल २०२१ की उत्कृष्ट कलाकार निहारिका ज्ञवालीको प्रस्तुती रहने छ। त्यस्तै प्रसिद्ध नेपाली ब्यान्ड कल्चर किङ् नेपाल र मेलबोर्नको आफ्नै रक ब्यान्ड एक्सेन्ट्रिक्सको प्रस्तुती रहने छ।

http://arthurgunn.eventbrite.com

कार्यक्रममा ATM x EJIP ले आफ्नो पहिलो एल्बम सार्बजनीक गर्ने कार्यक्रम समेत रहेको ईभेन्ट संयोजक सुनोद श्रेष्ठले बताउनु भयो। कार्यक्रबाट बिक्री भएको प्रत्येक टिकटबाट उठेको केही रकम नेपालमा रहेको मेथाङ परियोजनालाई सहयोग गर्दै बृक्ष रोपण गर्नमा सहयोग पुर्याउने समेत जानकारी गराउनु भयो।

मेल्बर्नको द बिल्बोर्ड भेन्युमा हुने साङ्गितीक प्रस्तुतीलाई मेभन कन्सल्टिङ ग्रुपले मुख्य प्रायोजन गर्दैछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal