eNepal

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर एएनपिएलले बिशेष कार्यक्रम आयोजना गर्दै

विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । हरेक बर्ष बिभीन्न नाराको साथमा मनाइदै आएको मानसिक स्वास्थ्य दिवसको यस बर्षको स्लोगन ‘Make mental health & well-being for all a global priority’ भन्ने रहेको छ।

सन् २०१४ देखि अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको अस्ट्रेलिया नेपाल पब्लिक लिंकले (ANPL) ले विश्व मानसिक स्वास्थ्य दिवशको अबसर पारेर आउँदो १० अक्टोबर सोमबार साँझ ६ बजे देखी ८ बजे सम्म एक बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। 

भर्चुअल माध्यमबाट सन्चालन गरिने यस कार्यक्रममा नेपाली समुदाय भित्र मानसिक स्वास्थ्यबाट निको हुनुभएका व्यक्तिहरुको अनुभव सुन्न पाइनेछ भने अस्ट्रेलियन सरकारका Dignitaries, अस्ट्रेलीयाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, प्रोफेसर एन्थोनी जोर्म, डा. निल हल लगाएत मानसिक स्वास्थ्य विज्ञहरूको सहभागीता रहने छ। 

Join Zoom Meeting

Meeting ID: 831 4821 1087

Passcode: ANPL

https://us02web.zoom.us/j/83148211087?pwd=bzM4WldSZENRNmcvQ1J0dGE3QS9aQT09

विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबर सन् १९९२ मा पहिलो पटक मनाइएको थियो। अहिले आएर अक्टोबरको १० मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक रोग कुनै सामाजिक कलङ्क नभएको वकालतमा विश्वव्यापी शिक्षाको लागि अन्तराष्ट्रिय दिनको रुपमा मनाइदै आएको छ। विश्व मानसिक स्वास्थ्य दिवस सर्वप्रथम १९९२ मा वर्ल्ड फेडरेशन फर मेनटल हेल्थका डेपुटी सेक्रेटरी, जनरल रिचर्ड हन्टरको पहलमा विश्वव्यापी मानसिक स्वास्थ्य सङ्गठनहरु र यसको सदस्यहरूका साथ १५० भन्दा बढी देशहरूमा मनाइएको थियो।

सन १९९४ मा विश्व मानसिक स्वास्थ्य दिवस तत्कालीन महासचिव यूजीन ब्रोडीको सुझावमा पहिलो पटक थिम “विश्वभर मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने” को साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको थियो। त्यस बेला देखि प्रत्येक वर्ष विश्व मानसिक स्वास्थ्य दिवस हरेक बर्ष फरक नाराको साथ मनाइन्छ। यस दिनलाई डब्ल्यूएचओ द्वारा विश्वव्यापी स्वास्थ्य र नागरिक समाज सङ्गठनहरूसँग यसको बलियो सम्बन्ध प्रयोग गरी मानसिक स्वास्थ्य मुद्दाहरूमा सचेतना जगाउने कार्य गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal