eNepal

पहिलो पटक एएनएमसीको आफ्नै जग्गामा बिधीवत जमरा रोपीयो, १ अक्टुबरमा बिशेष कार्यक्रम हुँदै

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले यो बर्षको बढा दशैंको शुअबसर पारेर इतिहाँसमानै पहिलो पटक आफैले खरिद गरेको जग्गामा बिधीवत जमरा रोपेको छ।आज घटस्थापनाको अबसर पारेर डिगर्स रेस्टमा खरिद गरेको १०० डण्कन्स लेन परिसरमा अवस्थित घरमा बिहानै स्थानीय पुजारीद्वारा पुजा पाठ गरि जमरा रोपीएको हो।

आज घटस्थापनादेखि विजयादशमीसम्म हरेक दिन पुजा अर्चना, दुर्गा पूजा र चण्डी पथ सहित पुजारी द्वारा दैनिक पूजा बिहान २  घण्टा र साँझ १.५ घण्टा बिशेष पुजा गरिने आयोजकले जनाएको छ।

 

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले आउँदो अक्टोबर १ गते शनिबार आफ्नै भवनमा दशैं बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पर्वलाई एक उत्सवको रुपमा मनाउने हेतुले केन्द्रले औपचारिक सत्र, सांस्कृतिक प्रदर्शन र पुजापाठ लगाएत भजनको साथमा मनाउन लागेको हो।

यो एक नि: शुल्क कार्यक्रम रहेको तर बुकिंग भने आवश्यक गरिएको छ। बुकिंगको लागि यो लिङ्कमा क्लिक गरेर आफ्नो टिकट बुक गर्नु सक्नु हुनेछ।

 

https://www.trybooking.com/events/landing?eid=964363&

एएनएमसीले दशैं मनाउन राज्य सरकारबाट बहुसांस्कृतिक महोत्सव अनुदान र ह्युम सिटी काउन्सिलबाट चाडपर्व अनुदान प्राप्त गरेको छ।

दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal