eNepal

अनुप्रस्थ फाउन्डेसनले क्यान्सर रोगीहरुको सहयोगार्थ अष्ट्रेलियामा पहिलो पटक म्युजिकल टुर गर्दै

नेपालमा रहेको गैर नाफामूलक संस्था अनुप्रस्थ फाउन्डेसनले ‘म्युजिक टु हिल एण्ड हेल्प’ भन्ने नाराका साथ संगीतको माध्यमबाट क्यान्सरलाई  हराउने प्रयासमा म्युजिकल टुर गर्ने भएको छ।

वाईडब्लुएस म्युजिक नेपाल, हुल्या ईभेन्ट्स अस्ट्रेलीया र गब्बर ईन्टर्टेन्मेन्ट्स अस्ट्रेलीया सँगको सहकार्यमा नेपालको लोकप्रिय म्युजिक ब्यान्ड अनुप्रस्थले यसै नोभेम्बरमा अष्ट्रेलियामा फन्डरेजर म्युजिकल टुर आयोजना गर्दैछ । उक्त रकम नेपालमा क्यान्सर रोगीहरुको उपचारमा खर्च गरिने छ ।

बिरामीहरूलाई सहयोग गर्ने आफ्नो प्रयासलाई बढाउनको लागि ब्यान्डले अनुप्रस्थ फाउन्डेसनको सुरुवात गरेको छ। अनुप्रस्थले यहाँबाट आफ्नो ग्लोबल टुर सुरु गर्ने योजना बनाएको छ ।ब्यान्डले अष्ट्रेलियाको भ्रमण गर्न लागेको यो पहिलो पटक हो। 

क्यान्सरका बिरामीहरूलाई सहयोग गर्दै आएको ब्याण्डले नेपालका बिभीन्न शहरमा आयोजना गर्दै आएको साँस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम बिरामीहरूको परिवारका सदस्यहरूको प्रदान गर्दै आएको छ। आर्थिक बोझ कम गर्न ब्यान्डका सदस्यहरूले आफ्नो खल्तीबाट पनि सहयोग समेत गर्दै आएको थियो।

ब्यान्डले सन् २०२२ मा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० भन्दा बढी क्यान्सरका बिरामीहरुलाई सहयोग गरेको छ।

फाउन्डेसनले वर्तमान बिरामीहरूको सहयोग जुटाउने र  भविष्यमा थप बिरामीहरूलाई सहयोग विस्तार गर्ने योजना बनाएका छन्। फाउन्डेसनलाई सहयोग गर्न चाहनेले फाउन्डेसनको GoFundMe अभियान ‘Music to Heal and Help’ मार्फत समेत सहयोग गर्न सक्ने आयोजकले जनाएको छ।

https://www.gofundme.com/f/music-to-heal-and-help

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal