eNepal

लामो प्रतिक्षा पछि भोली मेल्बर्नमा नेपाल फेस्टीभल हुँदै, फेडरेसन स्कायर नेपालमय बन्ने

लामो प्रतिक्षा पछि अन्तत नेपाल फेस्टिवल मेल्वर्न भोलि अर्थात् सेप्टेम्बर १० मा फेडेरेशन स्क्वायरमा सम्पन्न हुँदैछ । नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित एनआरएनए मेल्वर्नले यो फेस्टिवल आयोजना गरेको हो । नेपाल फेस्टिवल अष्ट्रेलियाको हरेका राज्यमा एनआरएनएले दुई वर्षको अवधिमा निरन्तर गरिरहने भएकोले पनि यसलाई एनआरएनएको सिग्नेचर कार्यक्रमको रुपमा लिन सकिन्छ ।

मेलर्बनको फेडरेसन स्क्वायरमा हुने नेपाल फेस्टिभलको सबै आयोजना पूरा भइसकेको एनआरएन भिक्टोरिया संयोजक हरि खड्काले जानकारी दिएका छन्। 

अस्ट्रेलियामा नेपाललाई चिनाउने उत्सवका रूपमा मनाइने नेपाल फेस्टिभलमा सबै नेपालीलाई सहभागी हुन एनआरएनले आग्रह गरेको छ ।

 

विहान परेड सहित शुरु हुने नेपाल फेस्टिवल औपचारिक कार्यक्रम हुँदैन, नृत्य र संगीतको माहोलमा सम्पन्न हुनेछ । महोत्सवको प्रमुख अतिथि अस्ट्रेलियाका लागी नेपाली राजदूत कैलाश राज पोखरेल छन् भने भिक्टोरिया राज्यका शिक्षा तथा महिला मन्त्री नाताली हचिन्स्, ऊर्जा तथा वातावरण मन्त्री लिलि डी एम्रेसियो लगायत २० जना सांसद र ६ जना मेयर विशेष अतिथिको रुपमा सहभागि हुँदैछन् । 

कार्यक्रममा भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जन, लगायत अन्य राज्यका अवैतनिक महावाणिज्यदूतको पनि सहभागिता हुने एनआरएनए भिक्टोरीयाको सचिव गणेश कडेँलले बताएका छन् । 

त्यसबाहेक पाकिस्तान, बंगलादेश, भारत लगायत दक्षिण एसियाली मुलुकहरूको महावाणज्यिदुतावासको सहभागी हुने कडेँलले जानकारी गराएका छन्।

कार्यक्रमलाई सफल बनाउनको लागी नेपालबाट पर्यटन बोर्डले ६० केजी बराबरको नेपालको झन्डा, नक्सा लगायत पर्यटन प्रवर्द्धनको सामग्री आएको र फस्टिभलमा ४६ स्टलहरू रहेको छ ।  फेस्टिभललाई ब्लुबेरी रियल स्टेटले मुख्य प्रायोजन गरेको छ भने त्यसबाहेक आरजीआईटी कलेज, युआइए कजेल लगायत, एक्सपर्ट एजुकेसन, ग्रेस इन्टरनेश्नल लगायत समुदायका अन्य व्यवसायलेले पनि सहयोग गरेको छ ।

नेपाल र नेपालीलाई चिनाएको यो एउटा ठूलो उत्सव रहेकोले सबैजनालाई कार्यक्रममा सहभागि भएर आफ्नो देशको पहिचान र शानलाई उक्त दिन मनाउन फेस्टिवलको आयोजना टिमको आग्रह रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal