eNepal

नेप्लिज नेबरहुड कम्युनिटीले भव्य रुपमा हरितालिका तीज मनायो

नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसर पारेर नेप्लिज नेबरहुड कम्युनिटीले गएको २७ अगस्टमा करिव छ सयजनाको सहभागीतामा भव्य रुपमा तीज मनायो।यस पालीको तीजलाई एनएनसीआईले अघिल्ला तीज अनी अन्य समुदाएका कार्यक्रम भन्दा फरक किसीमले मनाउन सफल भएको छ।

यस पालिको तीज कार्यक्रमको उद्देश्य महिलाहरूलाई मात्र नसमेटी सम्पुर्ण बुवा आमा तथा युवा पिढीलाई समेत समाबेश गरेर मनाएको थियो।

कार्यक्रमलाई प्राची कोईराला, प्राची रेग्मी, क्रिस्टीना अनु र अन्सु महरा क्षेत्रीले सन्चालन गरेका थिए भने सहयोगी भुमीका पुजा गुरुङ र प्रकाश रेग्मीले निभाएका थिए।

कार्यक्रमको उद्धाटन एएनसिआई बालचौतारीका साना भाईबहिनीहरुबाट नेपाली र अस्ट्रेलीयन रास्ट्रगानबाट गरिएको थियो।

प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्ने सँस्थाले हरेक वर्ष तीज बिशेष कार्यक्रम आयोजना गर्दै आएको छ।

बरिष्ठ लोक कलाकार रमेश बिजीको साथमा कलाकार द्वय दिनेश थापा र उमा गिरीको बिशेष प्रस्तुती कार्यक्रम थप मनोरन्जनात्मक भएको थियो।

सँस्थाकी अध्यक्ष अमृता गुरुङले तीज धमाकामा सफल बनाउन साथ र सहयोग गर्नु हुने सबै स्वयमसेवकहरु, प्रायोजकहरु लगाएत उपस्थित सबैलाई स्वागत गर्दै हरितालीका तीजको शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रम सँस्थाका सँस्थापक पिताम्बर कोइरालाको संयोजनमा एनएनसीआईका सम्पुर्ण सदस्यहरुको पूर्ण सहभागीतामा भव्य रुपमा सफल गरिएको सँस्थाका उपाध्यक्ष प्रकाश चालिसेले जानकारी गराउनु भयो।

कार्यक्रमा सानासाना वालवालीका देखी वयस्क र आमाहरुले रोचक तीज बिशेष प्रस्तुती दिएका थिए।

कार्यक्रमलाई मुख्य प्रायोजक बेटर चोईस फाईनान्सले गरेको थियो भने डाईमण्ड प्रायोजक एसके नेपाली ट्रान्सलेसन अन्य डेढ दर्जन व्यवसायहरुले सहयोग गरेका थिए।कार्यक्रमको क्याटरीङको व्यबस्था याक एण्ड यती रेस्टुरेन्टले गरेको थियो।प्रायोजकबाट चिट्ठा र गिफ्ट ह्यम्परको व्यबस्था गरिएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal