eNepal

चर्चीत गायीका प्रिती आलेको साथमा दिदीबहिनी समाज वेस्टले तीज धमाका कार्यक्रम गर्दै

दिदीबहिनी समाज भिक्टोरिया वेस्ट युनिट कमिटीले संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन र परोपकारी उद्देश्य सहित आगामी २७ अगस्टका दिन मेल्बर्नको पस्चिम क्षेत्रमा अवस्थित वेरेबी बेप्टीस्ट चर्चमा चर्चीत गायीका प्रिती आलेको साथमा तीज धमाका कार्यक्रम आयोजना गर्ने भएको छ।

संस्कृतिको सम्बर्द्धन गरौँ, आशाको किरण छरौं’ भन्ने नारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा तीज विशेष प्रस्तुतिका साथमा र स्थानीय दिदीबहिनीहरुका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन्।

तीजको दर सहित पन्द्र डलर टिकट राखिएको यस कार्यक्रमबाट उठेको रकम आवाज नेपाल नामक सँस्था, अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्र र बालचौतारी विन्डमलाई सहयोग गरिने कार्यक्रम आयोजक एवम् दिदीबहिनी समाज भिक्टोरिया वेस्ट युनिट कमिटी संयोजक रोशनी श्रेष्ठले जानकारी गराउनु भएको छ।

https://www.trybooking.com/events/landing/935522?fbclid=IwAR0KjxQG_p9AtFH4De7NNPodo5bwBrCPQeHLM2GnIAlSW8JtAVRX6t3Ks74

दश बर्ष भन्दा मुनीका भाईबहिनीहरुका लागि निशुल्क प्रवेशको व्यबस्था गरिएको यस कार्यक्रममा साना बालबालिकाहरुका लागि फेस पेन्टीङका अलावा चित्रकलाको व्यबस्था गरिएको छ भने कार्यक्रमको संचालन ज्योती खतीवडा र बबीता केसीले गर्दैछन्।कार्यक्रममा तीज बिशेष सामाग्रीका स्टल, फोटो बुथ र डिजेको व्यबस्था गरिएको आयोजकले जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal