eNepal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

भिक्टोरीयामा बसोबास गर्ने नेपालीहरुलाई  रक्षा वन्धन एवम् जनै पुर्णिमाको अवसर पारेर कला भिक्टोरीयाले एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। बिगतका बर्ष झैँ यस बर्ष पनि श्रावण शुक्ल पुर्णिमा तिथिको साइतमानै जनैपुर्णिमा र रक्षा बन्धन मनाउन लागिएको हो।

आफ्नो संस्कृति तथा धर्मको रक्षा गर्ने मुख्य उदेश्य रहेको जानकारी समाजका अध्यक्ष लेखनाथ अधिकारीले जानकारी गराएका छन् । उनले बिदेशमा रहेका बालबालिका तथा भावी सन्ततिलाई यसको महत्वबारे जानकारी गराउँदै उनीहरुलाई हस्तान्तरण गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको बताए।

कार्यक्रम मेल्बोर्नको उत्तरी क्षेत्रमा अवस्थित ज्याक रोपर रिजर्भ यानीका स्थानिय आमाबुवाले राखेर हाँस मिलन पार्कमा आगामी १२ अगस्टमा हुनेछ।थप जानकारीको तलको पोस्टरमा हेर्न सक्नु हुनेछ।

कार्यक्रममा पन्डित शंकर प्रसाद गौतमबाट डोरा र जनै बितरण गरिने छ भने क्वाटीको भोजन र भक्तीमय सङ्गीतको कार्यक्रम समेत रहेको अध्यक्ष अधिकारीले जानकारी गराए।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् । आज हिन्दुहरूको महान चाडको रूपमा जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको पर्वको रूपमा परापूर्वकाल देखि मनाउँदै आएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal