eNepal

एनएटिसी टेनिस च्याम्पियनसिपमा मेल्वर्नको बर्चस्व, पुरुष एकलतर्फ जेड आलेमगर विजयी

नेप्लिज अष्ट्रेलियन टेनिस क्लबको आयोजनामा ब्रिस्बेनमा दोस्रो एनएटिसी टेनिस च्याम्पियनसिप भव्यताका साथ सम्पन्न भएको छ।

गत जुन १८ र १९ मा ब्रिजबेनको क्वीन्सल्याण्ड टेनिस सेन्टरमा आयोजना गरिएको खेलमा टेनिस क्विन्सल्याण्ड बोर्ड, टेनिसका वरिष्ठ खेलाडी एवंम प्रशिक्षकहरुको सहभागिता रहेको थियो।

प्रतियोगितामा ग्रेड एको पुरुष एकल तर्फ सिड्नीका १४ वर्षिय जेड आलेमगरले उपाधी चुमेका हुन्।उनले फाइनलमा ब्रिस्बेनका १७ वर्षिय विश्वप विष्टलाई पछाडी पार्दै आफ्नो जित हासिल गर्न सफल भएका हुन्। ग्रेड ‘ए’ को पुरुष युगल तर्फको उपाधी ब्रिस्बेनका अनुप गुरुङ र विश्वप विष्टले उचालेका छन् भने ब्रिस्बेनकै म्याक विष्ट र सुनिल केसीको जोडी दोस्रो भएका छन्। 

ग्रेड ‘बि’ को पुरुष एकल तर्फ  उपाधी सिंगल, म्यान्स डबल र ४५ वर्ष माथिका सिनियर तर्फको म्यान्स सिंगल र डबल दुबैको उपाधी मेल्बर्नले हात पारेको छ।सिंगल विधातर्फ मेलबर्नका रितेश बास्तोलाले जीत हाँसिल गरे भने  ब्रिस्बेनका सुरेश सिलवाल दोस्रो हुन सफल भए।

त्यस्तै पुरुष डबल बिधा तर्फ रितेश र शंकर अर्यालको जोडीले भिक्टोरियाकै केशव खत्री र नगेन्द्र बोहोराको जोडीलाई हराँदै जित हाँसील गरेका छन्। 

सिनियर ४५ वर्ष माथीको बिधाको पुरुष सिंगल विधामा भिक्टोरियाका राजेन्द्र कार्की पहिलो बने भने टप आले दोस्रो हुन सफल भएका छन्। डबल तर्फ भिक्टोरियाकै राजेन्द्र र टपको जोडीले बाजी मारेका छन्।सिड्नीका विष्णु हमाल र गंगा आले मगरको जोडी भने दोस्रो भएका छन्।

ग्रेड सि तर्फको सिनियर म्यान्स सिंगलतर्फ  ब्रिस्बेनका अभिनास श्रेष्ठललाई हराउँदै  मेलवर्नका ओम प्रसाद पौडेलले उपाधी जित्न सफल भए। त्यस्तै सोही बिधाको म्यान्स डबलतर्फ ब्रिस्बेनका अभिनास र सुरेश खड्काको जोडी च्याम्पियन बनेका छन् भने भिक्टोरियाका विष्णु पैयानी र रेशम अधिकारी रनरअप बन्न सफल भएका छन्। 

जुनियर तर्फ भने सबै खेलाडी कुइन्सल्याण्डकै थिए। बिजेता खेलाडीले नगद र रनिङ शिल्ड प्राप्त गरेका छन्।

बिजेता खेलाडीलाई नगद र रनिङ शिल्ड प्रदान गरिएको थियो। एउटै खेलाडीले लगातार ३ वर्षसम्म उपाधी जितेमा रनिङ शिल्ड सधैका लागि राख्न पाउने आयोजकले जनाएको छ ।

नेप्लिज अष्ट्रेलियन टेनिस क्लबले हरेक वर्ष राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गर्ने गर्छ । यस वर्ष न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याण्ड र नर्दन टेरिटोरीका गरी ४५ जना खेलाडीहरुले सहभागी जनाएका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal