eNepal

मेल्वर्नमा नेपाली समुदायका बालबालिका केन्द्रित पहिलो हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दिदीबहिनी समाज भिक्टोरिया (DBSV) ले ४ जुनमा Glenroy Uniting Church, Glenroy, Victoria मा ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु बीच  हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। FECCA को सानो अनुदानमा भएको प्रतियोगिताको प्रमुख विषय कोभिड–१९, खोप शिक्षा र सचेतना रहेका थिए। 

प्रतियोगितामा अधिकांश प्रश्नहरू कोभिड १९ र कोभिड १९ खोपमा केन्द्रित थिए भने कार्यक्रमको समग्र उद्देश्य बालबालिका र अभिभावक लगायत वयस्क समुदायका सदस्यहरूमा कोभिड १९ खोपको बारेमा चेतना अभिवृद्धि गर्नु थियो।

कार्यक्रममा खोपको बारेमा मार्गदर्शन र जानकारी प्रदान गरी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई COVID-19 खोपको दुबै डोज लगाउन जोड दिइएको थियो।

क्विज प्रतियोगिताका ९०% भन्दा बढी प्रश्नहरू कोभिड १९ खोप, यसको महत्त्व, प्रक्रिया, साइड इफेक्ट, प्रभावकारिता, खोप केन्द्र र प्रदायकहरू लगाएत कोभिड १९ संक्रमणलाई समेटिएका थिए। 

तीन राउन्डमा जम्मा १०० प्रश्नहरू तयार गरिएको थियो। पहिलो राउन्डका प्रश्नहरू कोभिड १९ खोपमा मात्र आधारित थिए, दोस्रो राउन्डमा कोभिड १९ संक्रमण र सरसफाइसम्बन्धी प्रश्नहरू थिए भने अन्तिम/तेस्रो राउन्डमा सामान्य ज्ञानका प्रश्नहरू थिए।

क्विज प्रश्नहरू दिदीबहिनी समाजबाट कोभीड १९ र यसको खोप सम्बन्धी अनुभव भएका चार सदस्यहरूको टोलीद्वारा सहभागीहरूको ज्ञान स्तर र उमेर समूहलाई सावधानीपूर्वक विचार गरी डिजाइन गरिएको थियो।

क्विज प्रतियोगितामा करिब ३० जना बालबालिकाले भाग लिएका थिए भने कार्यक्रम करिब तीन घण्टासम्म चलेको थियो । प्रतियोगितालाई अझ राम्रो र सान्दर्भिक बनाउनका लागि सबै समूहहरूमा ५ देखि ११ वर्षसम्मका भाईबहिनीहरुको सहभागीता रहकेो थियो भने प्रत्येक समूहमा पाँच सहभागीहरू सहित डेल्टा, ओमिक्रोन, डेल्टाकोर्न, अल्फा, सार्स र कोभिड गरेर कुल ६ समूहहरू राखीएको थियो। 

क्विज प्रतियोगिता नेपाली समुदायका सदस्यहरूका बीचमा पहिलो बालबालिका केन्द्रित कार्यक्रमको रूपमा उल्लेख गरिएको थियो भने सबै बालबालिका र अभिभावकहरू कार्यक्रममा धेरै उत्साहित र सक्रिय रूपमा संलग्न थिए।

कार्यक्रमको अन्त्यमा उनीहरुको पाएको अङ्कको आधारमा पहिलो र दोस्रो हुने विजेतालाई ट्रफी र उपहार कार्ड प्रदान गरिएको थियो भने सबै ३० सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र र DBSV/FECCA लोगोसहितको पानीको बोतल र कोभिड १९ खोप सन्देश बितरण गरेको थियो।

कार्यक्रमको दौरान उठेका प्रश्नको सहजकर्ता छविरमण चौलागाई, अनन्त होमागाईं र प्यानल सदस्यहरू समाजकी अध्यक्ष डा. जमुना पराजुली र कार्यक्रम संयोजक रीता लामिछानेले जवाफ दिएका थिए।

यसबाहेक गत २३ अप्रिलमा बाल चित्रकला  कार्यक्रमका सबै पोस्टरहरू हल वरिपरि प्रदर्शन गरिएको थियो। उनीहरुको कला देखेर बालबालिकाहरु खुसी भएका थिए भने  कतिपयले आफ्नो कला घरमै राख्न चाहेको भन्दै घर लगे । त्यसैगरी र्याट परीक्षण, कोभिड–१९ खोप, नेपाली भाषामा कोभिड–१९ सङ्क्रमणबारे जानकारीसहितका पोस्टरहरू हल वरिपरि राखिएका थिए। सत्रको अन्त्यमा उपस्थितहरूलाई र्याट किटहरू पनि वितरण गरिएको थियो।

कार्यक्रममा मेलबर्न वरपरका ३० जना नेपाली समुदायका सहभागीहरु सहित करिब ८० जनाले सक्रिय सहभागिता जनाएका थिए । अभिभावकहरूले बालबालिकाका लागि यस्तो रचनात्मक र ज्ञानमा आधारित कार्यक्रम आयोजना गरेकोमा दिदीबगिनी समाजलाई धन्यवाद दिदै भविष्यमा पनि बालबालिकाका लागि नियमित रूपमा यस्तो उच्च प्रभावकारी कार्यक्रम जारी राख्न प्रोत्साहन गरेका छन्। कार्यक्रम उपलब्धिमुलक, सामाजिककरण र रचनात्मक सोचको मिश्रण थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal