eNepal

एएनएमसीले नेपाली सामुदायिक भवनको पछिल्लो अपडेट गराउन गाला डिनर आयोजना गर्दै

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले नेपाली सामुदायीक भवनको पछिल्लो अपडेट भिक्टोरीयावासी नेपाली लगाएत आफ्ना सदस्यहरु जानकारी गराउने हेतुले आगामी २५ जुन २०२२ मा थोनबरी थिएटरमा प्रत्यक्ष मनोरञ्जन सहितको गाला डिनर आयोजना गर्ने भएको छ।

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको बहुप्रतिक्षीत परियोजनाको प्रगतिको बारेमा समुदाएलाई जानकारी गराउनको साथै अद्यावधिक उपलब्ध गराउन यो कार्यक्रमको आयोजना गर्न लागएको एएनएमसीका अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भयो।उहाँले कार्यक्रमबाट उठेको कुनै पनि अतिरिक्त कोष १०० डन्कान्स लेन, डिगर रेस्टमा प्रस्तावित अस्थायी सुविधाहरू निर्माण गर्न प्रयोग गरिने समेत बताउनु भएको छ।

उहाँले कार्यकारिणी समितिका तर्फबाट सम्पुर्ण सल्लाहकारहरू, दाताहरू, स्वयंसेवकहरू, सदस्यहरू सबैजनालाई कार्यक्रममा सहभागी हुन र महान कार्यलाई समर्थन गर्न समेत आमन्त्रित गर्नु भएको छ।

भिक्टोरियाका नेपाली समुदायका १,१०० भन्दा बढी आजीवन सदस्यहरूद्वारा प्रवर्द्धन गरिएको यस महान परियोजनामा अहिलेसम्म आबद्ध नभएकाहरूका लागि आजीवन सदस्य बन्ने सुनौलो अवसर समेत रहने छ।

आफ्नो सिट आरक्षित गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्।

https://www.trybooking.com/events/landing/904785

नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको यस अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्नको उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपनी बराबर) जग्गा खरिद गरि थप प्रक्रिया अगाडी बढाइ सकेको छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal