eNepal

पहिलो एभरेस्ट कप भव्यताका साथ सम्पन्न, क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लब विजयी

भिक्टोरीया राज्यको मेल्बर्न शहरमा रहेको एभरेस्ट युनाइटेड क्लबको आयोजनामा पहिलो एभरेस्ट कप भव्यताका साथ सम्पन्न भएको छ।

अत्यन्त रोमाण्चक फाइनल खेलमा यती फुटबल कलबलाई एकका बिरुद्ध दुई गोल गर्दै क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लबले उपाधी जितेको हो।

प्रतियोगितीको फेयर प्ले अवार्ड फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीयाले जित्न सफल भयो भने उत्कृस्ठ किपरको ट्रफी यती एफसीका बलेन्द्र गुरुङले हात पार्न सफल भए।त्यस्तै गोल्डेन बुट र प्लेयर अफ द टुर्नामेन्टको ट्रफी क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लब अजय गुरुङले हात पारे। 

मेल्बर्नमा रहेका छ क्लबहरु एभरेस्ट युनाइटेड क्लब, हिमालयन फुटबल क्लब, यती फुटबल क्लब, रोयल वेस्टर्न क्लब, फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीया र क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लबले प्रतीस्पर्धा गरेका थिए।

प्रतियोगितामा बरिष्ठ सामाजिक अगुवा जोग लिम्बु, कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए अस्ट्रेलीयाका पूर्व अध्यक्ष टोनु गोथाने, भिक्टोरीयन नेप्लिज कम्युनिटी एसोसियसनका अध्यक्ष सुजीत बस्नेत लगाएत विभीन्न नेपाली क्लवका प्रतिनिधीहरु, समाजीक अगुवाहरु,खेलप्रेमी लगाएत साना बालबालीकाहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो।

यस प्रतीयोगितालाई सेरा होम्सले मुख्य प्रायोजन गरेको थियो भने भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसन, एटीएफ एकाउण्टेन्ट्स, डेन्टल एट हुपर्स, म्याजिक मोमो क्याफे, ई स्टेट एजेन्ट, ग्रेस ईन्टर्नेश्नल, रे वाईट,यात्रा द कनेक्सन र फोन एसन्सियलले सहयोग गरेको थियो। ईनेपाल टिभी एचडीबाट खेलको प्रत्यक्ष प्रशारण गरेको थियो।

खेलको अन्तिम खेल र पुरस्कार बितरण कार्यक्रमको भिडोयो

https://fb.watch/davIbzOxhJ/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal