eNepal

ग्लोबल मार्कको मुख्य प्रायोजनमा तास्मानियामा बृहत फुट्सल प्रतियोगिता आयोजना हुँदै

तास्मानियामा रहेको नेप्लिज तास्मानियन स्पोर्ट्स एसोसिएसनले आउँदो २८ मेमा महिला एबम पुरुष फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता मिति २८ मे २०२२ मुनाह स्पोर्ट्स सेन्टर, मुनाह (१७ गोर्मन्सन स्ट्रीट, मुनाहमा हुँदैछ।

प्रतियोगितामा सहभागिता जनाउन प्रवेश शुल्क $२५० राखिएको छ भने बोन्ड $५० राखिएको आयोजकले जानकारी गराएको छ। प्रथम पुरस्कार ट्रफी र मेडल सहित $ १००० नगद पुरस्कार र उपविजेतालाई ट्रफी पदक र $ ५०० राखिएको प्रतियोगितामा फेयर प्ले टीमलाई $१००, शीर्ष स्कोररलाई $१००,उत्कृष्ट खेलाडीलाई $१०० र उत्कृष्ट गोलरक्षकलाई $१०० पुरस्कार राशी राखिएको छ।

ग्लोबल मार्क भिजा सर्भिसेजका निर्देशक अरुण चित्रकार भन्नू हुन्छ यस्तो कार्यक्रम नेपाली समुदायमा सधै भैराख्नु पर्छ र ग्लोबल मार्क एजुकेसन सधै नेपाली समुदायको यस्तो कार्यक्रममा जोडिन चाहान्छ। केही दिन अगाडी भएको कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा NTSA का सचिब सुरज श्रेष्ठले पनि ग्लोबल मार्क एजुकेसनको यो सहयोग प्रती अत्यन्तै अभारी भएको जानकारी दिनु भयो। 

साथै मून लाईट नेपाली स्टोरका संचालक तोया भक्तराई र पेनि रोयल कले क्लबका निर्देशक अभिनव आर्चयले प्रतियोगिताको सफल्ताको शुभ कामना सहित धन्यबाद दिएका थिए।

ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेज तास्मानिया लगायत सम्पुर्ण अष्ट्रेलियामा चिरपरिचित र अन्तरास्ट्रिय बिधार्थीहरुका लागि अत्यन्तै बिस्वस्निय कन्सल्टेन्सिको रुपमा चिनिन्छ।

यस प्रतियोगितामा १२ समुह पुरुषतर्फ बाट र २ समुह महिलाबाट पनि सहभागी हुँदै छन् भने सामाजिक संगठन र व्यापार संगठनबिच कर्पोरेट कप हुने भएको छ।

यस प्रतियोगिताको गोल्ड प्रायोजकका रुपमा द चोक र एस स्टडी वर्ल्ड रहेका छन् भने सिल्वर प्रायोजकमा मुनलाइट सुपरमार्केट होबार्ट र पुरस्कार प्रायोजक माभेन कन्सल्टिङ ग्रुप एण्ड एब्सोलुट माइग्रेसन सर्भिसेजले गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal