eNepal

काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका वालेन्द्र साह १४६५ मतले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका मेयर प्रत्याशी वालेन्द्र साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १४६५ मतले अगाडि रहेका छन् । अहिलेसम्मको मत परिणामअनुसार साहले ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले २ हजार मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय ८० मतका साथ उनलाई पछ्याइरहेका छन् । यसैगरी राप्रपाकी बिनिता मगैया ५ सय १३ मतका साथ तेस्रो स्थानमा छिन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal